• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अक्सिजन आपूर्तिमा सहयोग गर्न कोरोना अस्पताल बेलझुण्डीको सार्वजनिक अपिल




कोरोना विशेष अस्पताल बेलझुण्डीमा अक्सिजन अभावले धमाधम विरामी मर्न थालेपछि अक्सिजन आपूर्तिका लागि सहयोग गर्न सार्वजनिक अपिल गरेको छ ।

अस्पतालका ब्यवस्थापन दोर्ण ओलीले यस्तो अपिल गर्नुभएको हो ।

अस्पतालमा अहिले ६३ जना कोरोना संक्रमित बिरामीहरु उपचाररत रहेको जानकारी गराउँदै अक्सिजनको चरम अभावले थप बिरामी भर्ना गर्न नसकिने बताउनुभएको छ ।

‘अक्सिजन आवश्यक पर्ने बिरामी भर्ना गरी उपचार गर्न अत्यधिक कठिनाई र बिषम परिस्थिति सिर्जना भइ विरामी ज्यान जोखिममा भइरहेको छ । त्यसैले पर्याप्त र सहज अक्सिजन उपलब्धताको लागि सहयोग गरिदिनुहुन दाङका मन्त्री, पूर्वमन्त्री, माननीय, पार्टीका नेता, समाजसेवी बुद्धिजीवी सम्पूर्णमा अनुरोध गर्दछु’– उहाँले भन्नुभएको छ ।

अक्सिजन आपूर्ति सहज नहुँदा विरामी जोखिममा पर्दै गएका छन् भने मृत्युदर पनि बढिरहेको छ । गए रातिदेखि आज दिउँसोसम्म मात्रै आठ विरामीको ज्यान गइसकेको छ ।

Facebook Comments