• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुसीकोट ९ मा ‘आफ्नो गाउँ, आफै बचाऔं’ अभियान




रुकुमपश्चिमको मुसीकोट नगरपालिका ९ ले दोस्रो चरणको कोराना लहरबाट बच्न आफ्नो गाउँ आफै बचाऔं अभियान शुरु गरेको छ ।

सो अभियानअन्तर्गत दोस्रो चरणको योजनामा वडामा रहेका विभिन्न समूहले सरसफाई सामग्री वितरण गरेका छन् ।

पहिलो चरणमा वडाले टोलटोलमा पुगेर टोलस्तरीय कोभिड ब्यबस्थापन समिती गठन गरेर वडाका ४१३ मै पुगेर सचेतना कार्यक्रम गरेको थियो । दोस्रो चरणको योजनामा घरघरमा पुगेर निशुल्क रुपमा मास्क र साबुन वितरण गरेको छ ।

ती सागम्री खरिदका लागि स्थानीयबाट सहयोग पनि लिइएको छ । थलबहादुर ओली अध्यक्ष रहेको कामी बुढा गाउँ टोल बिकास सस्था हिलबाट २० हजार, सोवर्ण खड्का अध्यक्ष रहेको सयपत्री सामुदायिक सस्था चौखाबाङबाट २० हजार, यामबहादुर बुढा अध्यक्ष रहेको सूर्योदय सामुदायिक सस्था बल्चौरबाट१५ हजार, सितलपोखरी झुल्खेत चुनवाङ सडक निर्माण कम्पनी रुकुमसाइट बाट १५ हजार, खडक केसी अध्यक्ष रहेको नमूना राङ्जी सल्लेरी वन उपभोक्ता समितिबाट १० हजार र नन्दकुमारी ओली अध्यक्ष र रमा कुमारी पुन स्वयंसेविका रहेको सयपत्री स्वास्थ्य आमा समूह लिङगुरबाट पाँच हजार गरी ८५ हजार सहयोग संकलन गरिएको वडा अध्यक्ष नवीन ओलीले जानकारी दिनुभयो ।

जसबाट एक हजार सात सय २८ साबुन, तीन हजार चार सय मास्क, एक सय चालीस स्यानिटाइजर पाँच बर्ष उमेरमाथिका एक हजार ६ सय ४० जनालाई वितरण गरिएको उहाँले जानकारी दिनुयो ।

यसका साथै सतर्कता अपनाउन सचेत बनाउदै आफ्नो गाउँ आफै बचाउ भन्ने अभियानको दोस्रो चरणको सचेतना कार्यक्रम पनि शुरु गरिएको छ । टोल टोलमा गठन भएको कोभिजन ब्यवस्थापन समिति, जनप्रतिनिधि र कर्मचारी तथा युवाहरुलाई एकीकृतरुपमा परिचालन गरिएको अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

Facebook Comments