• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कोरोना संकट ब्यवस्थापनमा विप्लव नेकपाले दाङमा स्वयंसेवक परिचालन गर्ने




नेपाल कम्युनिस्ट पार्टी दाङको कार्यालय बैठक कोरोना माहामारीका बिच बैशाख २६ गते जुम अप्लिकेसन मार्फत सम्पन्न भएको छ।

नेकपा दाङका सेक्रेटरी प्रदिप वलिले बैठकको बारेमा बिज्ञप्ति जारी गर्दै दशौ केन्द्रीय समितिले गरेका निर्णय,आगामी योजना बारे केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले जानकारी गराउनुभएको उल्लेख गरिएको छ।

बिज्ञप्तिमा सोही बैठकमा सहभागी केन्द्रीय सदस्य सबिन पोख्रेलले पार्टी योजनाको थप स्पष्ट पार्दै कोभिड-१९ माहामारिमा पार्टी कार्यकर्ताले जनतालाइ थप सचेतना दिदै,राज्यलाइ बढि जिम्मेवार बनाउने कुरामा जोड दिदै आफ्ना सल्लाह सुझाब राख्नुभएको कुरा उल्लेख गरिएको छ।

यस्तै बिज्ञप्तिमा कोरोना माहामारी यो व्यवस्था र राजनितिक संकटले निम्त्याएको स्वास्थ्य संकट हो भन्ने कुरामा पार्टी स्पष्ट रहेको कुरा पनि उल्लेख गरिएको छ।

यस्तै बिज्ञप्तिमा Covid-19 बिरामिको स्वास्थ्य अबस्था,गम्भिर्यता अनुसारको प्राथामिकिकरण गरेर छिटो भन्दा छिटो उपचार गर्नको लागि पार्टी सम्बन्धित निकायलाइ गम्भीरतापुर्बक ध्यानाकर्षण गराइएको छ।साथै सबै नागरिकलाइ हतोत्साहित नभएर उच्च मनोबलका साथ एकले अर्कोलाइ सहयोग,सल्लाह सुझाब दिदै र गर्दै स्वास्थ्य मापदन्द पालना गरि Covid-19 लाई सामना गर्न अनुरोध गरिएको छ।

बिज्ञप्तिमा सरकारका विभिन्न निकाय,संघ संस्था समन्वय र सहकार्य गरि Covid-19 बिरामिलाइ उपचारमा सहज गर्न,सचेतना र परामर्श गर्न लगाएतका काममा सहभागी हुने गरि दाङमा आबस्यक्ताका आधारमा तत्काल स्वयंसेवक टिम निर्माण गरि आबस्यक सहयोग गर्ने कुरा बिज्ञप्ति मार्फत जानकारी गराइएको छ।

Facebook Comments