• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रानाद्वारा प्रतिष्ठानमा २५ सिलिण्डर अक्सिजन सहयोग




कोरोनाको महामारीको बेला अक्सिजन अभाबले बिरामीको उपचारमा समस्या भएपछि नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनि प्रदेश अध्यक्ष तथा नेकपा एमाले लुम्बीनि प्रदेश कमिटि सदस्य बलिभद्र रानाले २५ वटा अक्सिजन सिलिन्डर राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई सहयोग गर्नु भएको छ ।

रानासहित दाङ जिल्ला उबासंघका बाणिज्य उपाध्यक्ष रामप्रशाद पोख्रेलले संयुक्तरुपमा प्रतिष्ठानकि उपकुलपती प्राडा संगीता भण्डारि, अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेत, कामु रजिस्ट्रार झङ्कार लामीछानेलाई अक्सिजनसहितको सिलिण्डर सहयोग गर्नु भएको हो । प्रदेस अध्यक्ष रानाको ब्यक्तिगत पहल तथा खर्चमा अक्सिजनसहित सिलिन्डर किनेर दिनुभएको छ ।

मुख्यमन्त्री शंकर पोख्रेल र नेपाल उद्याेग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रशाद शर्माको बिशेष आग्रहमा आफुले ब्यक्तिगत आफ्नो पैसा खर्च गरेर अक्सिजन सिलिन्डर प्रदान गरिएको अध्यक्ष रानाले बताउनु भयो । उहाले आफ्नो गाउँ ठाउको अस्पतालको बिकासका लागि सबै लाग्नुपर्ने भन्दै कठिन र असहज परिस्थितिमा सबैले सहयोग गर्नुपर्ने बिचार ब्यक्त गर्नु भयो ।

अक्सिजनसहितको सिलिन्डर अक्सिजनसहित सिलिन्डर हस्तान्तरणपछि बोल्दै उपकुलपति प्राडा भण्डारिले यो कोरोनाको महामारिमा प्रतिष्ठानमा भर्ना भएका कोरोना संक्रमित बिरामीको उपचारका लागि अक्सिजन सहितको सिलिन्डर ब्यक्तिगत खर्चमा सहयोग गरेकोमा ब्यक्तिगत र सस्थागतरुपमा प्रतिष्ठानको तर्फबाट धन्यवाद दिदै यसका लागि सहयोग गर्ने, बिशेष पहल गर्ने सबैलाई आभार प्रकट गर्नु भएको छ ।

Facebook Comments