• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेशमा पन्ध्र सय बेड र बाह्र सय स्वास्थ्यकर्मीको ब्यवस्था गर्न चार दलको माग




लुम्बिनी प्रदेशको प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार राजनीतिक दलले प्रदेशभित्रका अस्पतालहरुको क्षमता बढाउन र जनशक्ति थप गर्न माग गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् ।

विज्ञप्तिको पूर्ण पाठः
अहिले कोभिड– १९ कोरोना भाइरसको दोस्रो चरणको माहामारीको कारण जनजिवन भयावह अवस्थामा छ । आजको दिन सम्ममा लुम्बिनी प्रदेशमा कोरोना संक्रमित बिरामी १५१४९ जना पुगेका छन् भने शुरुदेखि हालसम्म संक्रमित ७३४ जनाको मृत्यु भैसकेको छ ।

अझै पनि तिब्र गतिमा संक्रमणको दर बढिरहेको छ । संक्रमितहरु सामान्य अक्सिजन समेत नपाएर मर्न वाध्य भएका छन । तर पनि शंकर पोखरेल नेतृत्वको लुम्विनी प्रदेश सरकार यो भयावह महामारीको वेवास्ता गर्दै आसियु वेड र भेन्टीलेटर वेडको विस्तार र अक्सिजनको व्यवस्था गर्नुपर्ने ठाउंमा दुई दिनमा ४ जनालाई स्वास्थ्य मन्त्री फेरबदल गरि सपथ ग्रहण गराई मन्त्री पद बाड्नमा व्यस्त रहेको छ ।

यो लुम्बिनी प्रदेश सरकारको लाचारीपना, लापरबाही, संक्रमितहरुको नरसंहार र उसको असक्षमता हो । यो जनताप्रतिको असंवेदनसिलता र लापरबाहीको घोर विरोध गर्दैलुम्बिनी प्रदेश सरकारले तत्काल व्यवस्था गर्न सक्ने तपसिलका सेवाहरु उपलब्ध गराउन ध्यानाकर्षण गराउंदछौं ।
तपसिलः
१) सबै सरकारी जिल्ला स्तरका अस्पताल नेपालगंजको प्रहरी र आर्मी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरी ८५० एचडियु वेड निर्माण गरियोस् ।

२) बुटवल, नेपालगंज र दाङ्गको भयावह अवस्थालाई मध्यनजर गरी देवदह मेडिकल कलेज वा क्रिमसिन अस्पताल, कोहलपुर मेडिकल कलेजलाई पुर्ण कोभिड अस्पतालको रुपमा रुपान्तरण गरी तत्काल ३५० आईसियु वेड र भेण्टीलेटरको व्यवस्था गरियोस्।

३) दाङ्गको वेलझुण्डीमा रहेको आयुर्वेद शिक्षण अस्पताललाई पुर्ण कोभिड अस्पतालमा रुपान्तरण गरी १५० वेड विस्तार गरी ३० वेडको आईसियु निर्माण गरियोस्।

४) लुम्बिनी प्रदेशमा रहेका सबै अक्सिजन प्लान्टहरुमा विद्युत आपुर्ति सहित मर्मत संहार गरी सिलिण्डरको व्यवस्था सहित सञ्चालन गरियोस् । र यस प्रदेशमा रहेका उद्योगहरुको अक्सिजन सिलिण्डर केन्द्रित गरि अस्पताल प्रयोजनको लागि परिचालन गरियोस् ।

५) गत वर्षको कोभिड व्यवस्थापनको लागि स्वीकृत गरिएको स्वास्थ्यकर्मीको ५८३ दरबन्दी अपर्याप्त रहेको हुंदा कम्तिमा १२०० स्वास्थ्यकर्मीको दरबन्दीको व्यवस्था तत्काल गरियोस्।

६) नेपाल सरकारको छात्रवृत्तिमा पढिरहेका पिजि डक्टरहरु लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिड महामारीमा परिचालन गरियोस्।

७) विगतमा सञ्चालन गरिएका सबै आईसोलेशन अस्पतालहरुलाई न्युनतम अक्सिजन सहितको १५ सय वेड निर्माण गरियोस्।

८) भारतबाट नेपाल भित्रिने नेपाली नागरिकहरुको व्यवस्थापन गर्न नाकामै चेकजांचको व्यवस्था र आईसोलेशन सेन्टरको स्थापना गरि संक्रमितहरुलाई त्यही उपचारको व्यवस्था गरियोस्।

९) हामीसंग सम्वद्ध सबै राजनीतिक दलका नेता, कार्यकर्ता र समर्थकहरुलाई सतर्कता अपनाउंदै कोरोना संक्रमितहरुको सेवामा जुट्न आब्हान गर्दछौं ।

कुलप्रसाद केसी, दल नेता, नेकपा (माओवादी केन्द्र)
फकुरुद्धिन खांन, प्रमुख सचेतक, नेपाली कांग्रेस
तारा जिसि, दल नेता राजमो
पुर्मती ढेंगामगर, सचेतक, जसपा नेपाल

Facebook Comments