• ३० भाद्र २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
ब्यवसायी केसीद्वारा जन्मदिनमा अक्सिजन सहयोग




तुलसीपुरका युवा ब्यबसायी यज्ञबहादुर केसीले बुधबार परेको आफ्नो जन्मदिनमा तुलसीपुर उपमहानगरपालिकालाई अक्सिजन सहयोग गर्नुभएको छ । फजुल खर्च कटाएर उनले कोरोना महामारीलाई जित्न अक्सिजन सहयोग गर्नुभएको हो ।

पछिल्लो समय जिल्लामा अक्सिजन अभाब भएको अबस्थामा आफूले अक्सिजन सहयोग गरेको केसीले जानकारी दिनुभयो । उहाँले ५० केजीका २२ थान सिलिण्डर सहयोग गरेको बताउनुभयो ।

अक्सिजनका सिलिण्डर तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गर्नुभएको छ । अक्सिजन अभाबका कारण जिल्लामा कसैको पनि अनाहकमा ज्यान नजावस भनेर सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

तुलसीपुरमा मृत भेटिएका तीन वालवालिकाको परिवारलाई नि पाँच हजार रुपैँया सहयोग गर्ने समेत प्रतिबद्धता व्इक्ति गर्नुभएको छ र

Facebook Comments