• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङको अक्सिजन प्लान्टमा विद्युत आपूर्ति नियमित गर्ने सहमति




दाङमा अक्सिजन प्लान्ट भए पनि विद्युत आपूर्ति नियमित नहुँदा उत्पादन दिन नसकेपछि विद्युत आपूर्ति नियति गर्ने सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि नेपाल विद्युत प्राधिकरणले यस्तो सहमति जनाएको दाङमा अक्सिजन आपूर्ति सहज गर्न लागिरहनुभएका नेकपा माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतमले जानकारी दिनुभयो ।

‘घोराहीमा अक्सिजन प्लान्ट छ तर नियमित बिद्युत नभएकाले दैनिक ५०/६० सिलिन्डर भन्दा बढी उत्पादन हुन सकिरहेको छैन । नियमित बिजुली हुने हो भने दैनिक १५० सिलिन्डरसम्म उत्पादन हुन सक्छ’– उहाँले सामाजिक सञ्जालबाट जानकारी दिंदै भन्नुभएको छ– ‘जिल्ला प्रशासनमा भएको छलफल पछि नियमित बिद्युत आूपर्तिका लागि पनि पहल भएको छ । दाङ घर भएका विद्युत प्राधिकरणका डीजिएम हरराज न्यौपानेसँगको समन्वयपछि उहाँले तीन दिनभित्र झिङ्नी सबस्टेसनबाट डाइरेक्ट फिडरको ब्यबस्थापन गर्ने बिश्वास दिलाउनुभएको छ ।’

अक्सिजन सहज बनाउन गौतमको अपिल

नेता गौतमले सामाजिक सञ्जालबाट दाङमा अक्सिजनको अवस्था र आपूर्तिका लागि भइरहेको पहलबारे लामो स्टाटस लेख्दै यस्तो जानकारी दिनुभएको छ–

म आफै पनि केही दिनदेखि विरामी छु । चिकित्सकले काठमाडौंमै बसेर उपचार गराउन भनिरहेको बेला मनले नमानेर दाङ आएको छु । दाङको अवस्था निकै पीडादायी छ, मन भत्भति पोलिरहेको छ । बैशाख १९ गते गते कोरोना बिशेष अस्पताल बेलझुण्डीका दुई चिकित्सकको फोन आयो– अक्सिजन सकियो, अब विरामी बचाउन सकिने अवस्था छैन । त्यो दिन झण्डै ६० जना विरामी जोखिममा थिए । अघिल्लो बर्ष कोरोना अस्पताल ब्यवस्थापन समिति सदस्यको रुपमा भूमिका निर्वाह गरेकाले पनि चिकित्सकहरुले आशा गर्नु स्वाभाविक थियो ।

यो सूचना पाएपछि सिडिओसापसँग कुरा भयो र उहाँले सोनापुर सिमेन्टबाट चारवटा अक्सिजन सिलिण्डर ततल ब्यवस्था गर्नुभयो । तर, बिडम्बना अक्सिजन लैजान १५ मिनेट मात्रै ढिला हुँदा एक जनाको ज्यान गइसकेको थियो । तुलसीपुर उपमहानगर पालिकाका मेयरलाई अनुरोध गरेपछि उहाँले साना १६ वटा सिलिन्डर पठाउनुभयो । राति २ बजेसम्म सिडिओ र एसपी साप आफै लागेर खोजी गर्दा १६ वटा अक्सिजनसहितको सिलिन्डर फेला पार्नुभयो । त्यसदिन जसोतसो समाधान भयो ।

निकै जोडबल गरेर नेपालगञ्ज पठायो, उता पनि भनसुन नगरी अक्सिजन रिफिल गर्ने अवस्था नहुने, बाँकेका प्रजिअसँगको पटकपटकको समन्वयमा केही अक्सिजन जुटाउन सकियो । यसरी हुँदैन भने अर्को दिन सिडिओ साप र तुलसीपुरका मेयरसहित कोरोना अस्पतालमा बैठक गरेर केही योजनाहरु बनाइयो । तर, पनि नेपालगञ्जको रिफिल सहज भइसकेको थिएन ।

विहानै भरत भाइको फोन आयो– दाइ बर्बाद भो, नेपालगन्जले २४ घण्टामा १३० सिलिन्डर मात्रै दिन्छु भन्छ के गर्ने ? हामी फेरि जिल्ला प्रशासन कार्यलयमा जम्मा भएर सल्लाह गर्यौ र सबैतिर भन्यौं– आजसम्म हामीलाई दैनिक ३०० सिलिन्डर चाहिन्छ । प्यूठान रोल्पा, रुकुमपूर्व र पश्चिम तथा सल्यानसम्म अक्सिजन दाङ्बाटै जान्छ, त्यसलाई पनि हिसाब गर्दा ४०० सिलिन्डर चाहिन्छ तर आजका दिनसम्म यो आवश्यकता पूरा भएको छैन ।

आदरणीय दाजुभाइ दिदिबहिनीहरु,
यतिबेला दाङमा न अस्पतालमा बेड छ ,न अक्सिजन छ । यो महासंकटको बेलामा नितृत्व लिनुपर्ने निकायहरु सुतेर बसेका छन । अरु सब छाडौं, जनताको जीवन बचाऔं, तपाइँको सम्पर्कमा कतै अक्सिजन सिलिण्डर छन् भने जति हुन्छ, उपलब्ध गराउनुस्, त्योभन्दा ठूलो मानवीय कर्म आजका मितिमा केही हुने छैन ।

Facebook Comments