लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूले राजीखुसी नेकपा माओवादी केन्द्र रोजेको बताउनुभएको छ ।
बुटवलमा पत्रकार सम्मेलन गरेर उहाँले खुशीका साथ माओवादी रोजेको बताउनुभयो ।
एमाले नेताहरुले वलीलाई अपहरण गरिएको हुनसक्ने दाबी गरेका थिए । तर प्रदेशसभा सदस्य वलीले पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गर्नुभएको छ । ‘कसैले आउनुपर्छ भनेर होइन, मेरो आफ्नै खुसीले माओवादी केन्द्र रोजेको हुँ’– उहाँले भन्नुभयो ।
उहाँले चुनावका क्रममा हाल माओवादी केन्द्रमा भएका नेताहरुबाटै बढी सहयोग पाएको र माओवादी नेताहरु नै राजनीतिमा इमान्दार भएको आफूले पाएको बताउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।