• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कटुवाखोला किनारामा एक करोडको पाडा पालन




दाङको घोराहीमा झण्डै एक करोडको लगानीमा पाडा पालन शुरु गरिएको छ । घोराही उपमहानगरपालिका १८ स्थित अम्बिकेश्वरी मन्दिरको तल कटुवाखोला किनारामा पाडा पालन शुरु गरिएको हो ।

अम्बिकेश्वरी कृषि तथा पशु पालन फार्म स्थापना गरेर पाडा पालन शुरु गरिएको छ । स्थानीय माधव ढकाल, केशव बेलबासे र भोला बेलबासेले एक करोड बैंक ऋण लिएर पाडा पालन शुरु गर्नुभएको छ । ब्यबसायिकरुपमा पाडा पालन गर्न झण्डै सत्तरी लाखको लगानीमा संरचना निर्माण गरिएको छ ।

पाडा राख्ने पक्की संरचना, पानी पोखरी, घाँस पराल राख्ने स्थान गरी निकै ठूलो संरचनामा टहरा निर्माण गरिएको छ । ‘शुरुमा पचास लाख जतिको लगानीमा भवन निर्माण गर्ने योजना रहेको भए पनि सबै गरी सत्तरी लाख जति लागेको छ’– बेलबासेले भन्नुभयो ।

त्यस्तै भैसी, पाडा र घाँस पराल खरिदमा तीस लाख खर्च लागेको छ । शुरुमा माउ भैसी राखेर केही समय दूध उत्पादन पनि पनि शुरु गरिएको थियो ।

पाडा हुर्केपछि अहिले तीन वटा मात्रै माउ भैंसी राखिएको छ भने ४१ वटा पाडापाडी पालिएको छ । यो संख्या दुइ सय पु¥याउने लक्ष्य छ । ‘शुरुमा भैंसी पनि पालेर पाडापाडी उत्पादन गर्नतिर लाग्यौं’– अर्का सञ्चालक ढकालले भन्नुभयो– ‘पाडा हुर्केपछि भैसी बिक्री गरेका छौं भने थप पाडापाडी खरिद गरेका छौं ।’ यो संख्या दुइ सय पु¥याउने उहाँले जानकारी दिनुभयो ।

पाडा मासु खान लायक भएपछि बिक्री गरिने छ भने पाडी हुर्केर दूध दिने भैंसीको रुपमा विकास भएपछि बिक्री गरिने छ । देशभित्रै बसेर नमूना काम गरौं र मासुमा पनि दाङलाई आत्मनिर्भर बनाउन सहयोस होस् भनेर यो पेशा थालिएको बेलबासेले जानकारी दिनुभयो ।

त्यसो त दाङमा दूध उत्पादन बढेसँगै भैसीको पनि राम्रो ब्यापार हुन थालेपछि आफूहरु यसतर्फ आकर्षित भएको उहाँले जानकारी दिनुभयो । भारत र सीमावर्ती क्षेत्रबाट ठूलो संख्यामा भैसी आउने भएको उल्लेख गर्दै उहाँले आफूहरुले पालेका पाडी ठूला हुँदै भैसीको रुपमा विकास भएपछि केही हदसम्म भए पनि भैसीमा पनि आत्मनिर्भर बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।

ठूलो संख्यामा भैंसी तथा पाडा पालनका लागि घाँसको केही समस्या पर्ने भए पनि आफूहरुले दुइ बिघा क्षेत्रफलको जग्गामा ब्यवसाय शुरु गरेकाले घाँसको समस्या नहुने बेलबासेले बताउनुभयो ।

अहिले ठूलो परिमाणमा परास खरिद गरेर हरियो घाँस र पराल मिलाएर दिने गरेको औल्याउँदै उहाँले बिगतमा बाँझो रहने कटुवाखोला क्षेत्रमै गत बर्षदेखि धान खेती थालेकाले परालमा पनि आत्मनिर्भर हुने क्रम शुरु भएको बताउनुभयो । लक्ष्यअनुसार दुइ सय सम्म पाडा पालन गर्दा कम्तीमा छ जनाले रोजगारी पाउने छन् ।

Facebook Comments