• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पा नुवागाउँ पिरालेमा आगलागीबाट २६ घर जले, आगो निययन्त्रबाहिर




सोमबारदेखि रोल्पाको नुवागाउँबाट सुरु भएको भीषण आगलागीबाट पिराले गाउँका २६ घर जलेर नष्ट भएका छन् । त्रिवेणी–२ नुवागाउँस्थित सामुदायिक वनबाट फैलिएको आगो दुई दिनपछि पिराले पुग्दा पनि नियन्त्रणमा आइसकेको छैन ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बुधबार आगलागी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले २६ घर नष्ट भएको जानकारी दिनुभयो । घर र सम्पत्ति सबै खरानी भएको उहाँले जानकारी दिनुभयो ।

आगो निभाउन खोज्दा पनि बेस्सरी हावा लागेकाले सम्भव नभएको स्थानीयको भनाइ छ । त्रिवेणीबाट फैलिएको आगो छिमेकी गाउँपालिका रुन्टीगढीसम्म फैलिएको छ । प्रहरीका अनुसार आगोमा परी १६ वटा बाख्रा, ७ वटा गाई, १ वटा बंगुर जलेर मरेका छन् । आगोले खानेपानीका पाइप र बिजुलीका तारसमेत जलेर नष्ट भएको छ ।

निरन्तर आगलागी भएकाले गाउँभरी धुँवा र तुँवालो फैलिएको छ । गलागी पीडितको उद्धार गर्न र आगो नियन्त्रण गर्न स्थानीयसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ । प्रहरीका अनुसार तीन दिनभित्र २ सय हेक्टरभन्दा बढी क्षेत्रमा आगो फैलिएको छ ।

साविकको नुवागाउँ–१ धानबाङबाट आगो सल्किएको थियो । अब भने आगो रुन्टीगढी गाउँपालिकाको सखी, गुनाम, करेटी र सुर्पालतर्फ फैलिरहेको छ ।
आगो नियन्त्रणमा लिन नसके ह्याङ, करेटी, गुनाम, सखी र सर्पालमा रहेका कम्तीमा १ सय घर उच्च जोखिममा छन् । दहवन र रामपुर गाउँ पनि जोखिममा छन् ।
तस्विरः नन्दराम खड्काको फेसबुक

Facebook Comments