नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले विद्युत आपूर्ति नियमित गर्न माग गर्दै नेपाल विद्युत प्राधिकरण घोराही र तुलसीपुरमा ध्यानाकर्षणपत्र बुझाएको छ ।
विद्यालयहरु बन्द भएपछि अनलाइन कक्षा शुरु भए पनि अनियमित विद्युत आपूर्तिका कारण समस्या भएको भन्दै अखिल क्रान्तिकारी घोराही र तुलसीपुर नगर समितिले ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
यस्तो छ ध्यानाकर्षणपत्र
श्रीमान कार्यालय प्रमुख ज्यू,
नेपाल विद्युत प्राधिकरण वितरण शाखा
घोराही दाङ ।
विषय: ध्यानाकर्षण सम्वन्धमा ।
प्रस्तुत विषयमा हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्किारी) सदैव शैक्षिक मुद्धा सहित जनजिविकाको महत्वपूर्ण सवालमा निरन्तर संघर्ष गर्र्दै आएको सर्व वितितै छ ।
कोरोना सङ्क्रमण जोखिम तिव्र रुपमा वढेपछि सरकारले सवै तहका कक्षा तथा परीक्षा वन्द गर्न निर्देशन गरेको छ । हाल दाङ जिल्लामा डीसीसीएमसी ्को मिति २०७७ वैशाख १४ गतेको निर्णय अनुसार भौतिक रुपमा उपस्थित भई हुने सम्पूर्ण कक्षाहरु वन्द गर्न निर्देशन दिएको छ ।
वन्दावन्दीका कारणशिक्षा आर्जनमा विद्यार्थीलाई प्रत्यक्ष मार परेको छ । यसै सन्दर्भमा वैकल्पिक माध्यमवाट शिक्षा प्रदान गर्ने उदेश्यको साथ सूचना प्रविधीको युगमा हाल विभिन्न शैक्षिक संस्थाहरुले अनलाइन कक्षाको माध्यम वाट शिक्षा दिने जमर्को गरेको छ । यसका लागि लकडाउनको अवधिमा हाम्रो संगठनले विधिन्न चरणमा आवाज उठाउँदै आएको कुरा सम्पूर्णमा सर्ववितितै छ ।
नेपाल सरकारका प्रधानमन्त्री प्रचण्ड, उर्जामन्त्री जनार्दन शर्मा प्रभाकर भएको अवश्थामा नेपाललाई लोडसेडिङ मुक्त घोषणा गरिएको थियो । तर हाल अघोषित रुपमा हुने दैनिक लोडसेडिङका कारण लाखौँ विद्यार्थी वैकल्पिक कक्षा (अनलाइन कक्षा) लिनवाट वञ्चित भएका छन ।
तसर्थ तत्काल उक्त समस्या समाधान गरि अघोषित रुपमा भइरहेको लोडसेडिङ हटाई पठन पाठन कार्यलाई सहज वनाउनका लागि सहयोगगर्न हार्दिक अनुरोघ गर्दछौ । अन्यथा हाम्रो संठगन विद्यार्थी हकहितका लागि कडा कदम चाल्न वाध्य हुने छौ ।
अध्यक्ष
हिमाल महरा
अखिल (क्रान्तिकारी) ,घोराही नगर कमिटी दाङ
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।