• ३० बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तत्काल परीक्षा रोक्न अखिल क्रान्तिकारी शान्तिनगरको आग्रह




नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी शान्तिनगर गाउँ समितिले परीक्षा रोक्न पालिकालाई आग्रह गरेको छ ।

गाउँपालिकामा ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो आग्रह गरिएको हो ।

प्रस्तुत छ ध्यानाकर्षणपत्रको पूर्ण पाठः
श्रीमान अध्यक्ष ज्यू,
शान्तिनगर गाउँपालिकाको कार्यालय
चिराघाट दाङ ।
विषय ः ध्यानाकर्षण सम्वन्धमा ।

प्रस्तुत विषयमा कोरोना सङ्क्रमण जोखिम तिव्र रुपमा वढेपछि सरकारले सवै तहका कक्षा तथा परीक्षा बन्द गर्न निर्देशन गरेको छ । तर शान्तिनगर गाउँपालि काकार्यालयले मिति २०७७ वैशाख १३ गते वार्षिक परीक्षाका सम्पूर्ण कार्य हाललाई निरन्तरता दिने गरी सवै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई गरेको सर्कुलरप्रति हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) को गम्भिर ध्यानाकर्षण भएको छ ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधीमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को २०७७ असोज २० गते गरेको निर्णयअनुरुप विद्यालय संचालन सम्वन्धी ढाँचा २०७७ मा जनस्वास्थ्य र सुरक्षा मापदण्डअनुुसार आफ्नो क्षेत्र भित्ररहेका विद्यालयहरुको अवस्था ाजोखिम विश्लेषण गरी विद्यालय संचालन तथा बन्द गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ र पुनः मन्त्रिपरिषद् बैठकले नै देशभरिका विद्यालय तथा परीक्षा रोक्ने निर्णय गरे पनि शान्तिनगर गाउँपालिकामा रहेका विद्यालयहरु परीक्षा सञ्चालन गर्न दिइएको निर्देशन फिर्ता गरी भौतिक रुपमा उपस्थित भई हुने परीक्षा कार्य स्थगित गरी वैकल्पिक माध्यम अवलम्वन गर्न ध्यानाकार्षण सहित जोडदार मागगर्दछौ ।

साथै यस गाउँपालिकाभित्रका जनताको स्वास्थ्यको रक्षाको लागि आवश्यक स्वास्थ्य सामग्री सहित निशुल्क जाँच, निशुल्ककोराना विमा र सङक्रमितको निशुल्क उपचारको व्यवस्था गर्न अनुरोध गर्दछौ । साथै महामारी नियन्त्रणमा हाम्रो संगठन जिम्मेवार ढङ्गले स्थानीय सरकारलाई आवश्यक सहयोग गर्न सदैव तयार रहेको कुरा अवगत गराउन चाहन्छौ ।

सन्तोष विश्वकर्मा
(संयोजक)
अखिल (क्रान्तिकारी) ,शान्तिनगर पालिका कमिटी दाङ

Facebook Comments