• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा कोरोनासँग लक्षण मिल्ने विरामी बढे, स्वास्थ्य सुरक्षा सामग्रीको अभाव




कोरोना महामारीका कारण फेरी विभिन्न ठाउँमा स्थिती भयावह देखिएपछी सल्यानको कपुरकोट गाउँपालिकामा यसको रोकथाम, नियन्त्रण र उपचारका लागि छलफल भएको छ । मंगलबार प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थाका प्रमुखहरुसंग छलफल गरेका छन् । बुधबार बस्न लागेको कार्यपालिका बैठकमा आवश्यक निर्णय गर्नुपर्ने भएकाले स्वास्थ्यकर्मीहरुसंग छलफल संगै केही निर्णयहरु गरिएको गाउँपालिकाले जनाएको छ ।

छलफलमा स्वास्थ्यकर्मीहरुले गाउँगाउँमा ज्वरो आउने, टाउको दुख्ने, स्वासप्रश्वास सम्बन्धी समस्या भएका तथा कोभिड संग मिल्दाजुल्दा चिन्ह र लक्षण भएका विरामीहरु बढिरहेको बताएका थिए । यस्तै स्वास्थ्य संस्थाहरुमा मास्क, सेनिटाईजर, ग्लोभ्स लगायतका स्वास्थ्य सामग्रीहरुको पनि अभाव रहेको बताएका थिए ।

स्वास्थ्यकर्मीसहितको बैठठकले आवश्यक स्वास्थ्य सामग्री तथा औषधि खरिद गर्न, परीक्षणको दायरा बढाउन, वाहिरबाट आउने मानिसहरुलाई राख्न होल्डिङ सेन्टर तथा संक्रमितलाई राख्नका लागि आइसोलेसन सेन्टर स्थापना गर्न गाउँ कार्यपालिकालाई अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै देश तथा भारत लगायत तेश्रो मुलुकका विभिन्न स्थानबाट आउने ब्यक्तिहरु, कोभिडका लक्षण देखिएका विरामीहरुको विवरण संकलन गरी दैनिक अद्यावधिक गर्ने निर्णय पनि भएको स्वास्थ्य शाखाका सि.अहेव सुवाश हमालले जानकारी दिए । पालिकाभित्र कतिपयमा कोरोना भाइरसकोे संक्रमण देखिएको र कोभिडसंग मिल्ने लक्षण देखिएका विरामीहरु बढ्दै गएकाले बुधबार पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने निर्णय पनि भएको उनले जनाए ।

वार्षिक परीक्षा सञ्चालन नगर्न आग्रह

यसैविच कपुरकोट गाँउपालिकाले आफ्नो क्षेत्रभित्र रहेका शैक्षिक संस्थाहरुलाई वार्षिक परीक्षा सञ्चालन नगर्न आग्रह गरेको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै कोरोना संक्रमण बढ्दै गएकाले विद्यालयमा भौतिक पठनपाठन बन्द गर्न र वार्षिक परीक्षा अर्का सूचना नआउँदासम्मको लागि स्थगित गर्न भनेको छ ।

गाउँपालिकामा पनि कोरोना बढ्न सक्ने कुरालाई ध्यानमा राखेर तत्काल केही समयमका लागि विद्यालय बन्द गर्नुपरेको गाँउपालिकाले जानकारी दिएको छ ।

Facebook Comments