• ३० बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कोरोना परीक्षण र उपचार प्रभावकारी बनाउन अनेरास्ववियुको माग




अनेरास्ववियु दाङले कोरोना रोगको महामारीले विद्यार्थी जन समुदायमा देखिएको संक्रमण,सम्बन्धित सरोकार निकायको भुमिका र अस्पतालको अवस्थालाई लिएर जिल्ला प्रशासन कार्यालय दाङलाई ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियु दाङका संयोजक सर्जन परियारले ध्यानाकर्षण विज्ञप्ति मार्फत अस्पतालमा विरामी राख्ने स्थानको कमि भएको, अक्सिजन तथा औषधि (रेमडेसिभिर र क्युटोनोक्स) को चरम अभाव भएको,आर टी पसिआर परिक्षणको लागि स्वाब लिने स्थान सुरक्षित नभएको जस्ता विषयमा जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गरेएका थिए ।

प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पोडेलले अनेरास्ववियु दाङले उठान गरेको विषय वस्तु सार्वजनिक महत्त्वको भएको र ठिक समयमा ध्यानाकर्षण भएको बताउदै उल्लेखित विषयमा जिल्ला प्रशासन कार्यालयले पहल गर्ने तथा अ‍ौषधि को लागि प्रदेश सरकार संग पहल गर्ने र अस्पतालको व्यवस्थापनको लागि भोलीनेै वैठक मार्फत अगि वढ्ने जानकारी गराउनु भएको थियो ।

कोरोना संक्रमित सिकिस्त विरामिको लागि अनिवार्य अ‍ौषधि को रुपमा रेमडेसिभिर र क्युटोनोक्स लाई सिफारिस गरिदै आएको छ। उक्त अ‍ौषधिको कालोबजारी करण भै रू ६०००० (रु ७००००सम्म तिर्दा पनि पाउन सकिराखेको छैन । उक्त ध्यानाकर्षण कार्यक्रममा अनेरास्ववियु दाङका सचिव गोविन्द वस्नेत,अनेरास्ववियु केन्द्रीय सदस्य विराज डिसी,अभिषेक वि एम,अनेरास्ववियु दाङ सह संयोजक दिवस क्षेत्री लगाएतले यो अवस्था केही स्थानीय तह र विद्यालयले परिक्षाको तालिका सार्वजनिक गर्नुले कोरोना बारे गम्भीर नभएको कुरा राख्नु भएको थियो ।
पछिल्लो समयमा कोरोना संक्रमित विरामीको संख्या दिनानु दिन बढ्दै भयावह अवस्था सृजना भएको छ।

Facebook Comments