• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यसरी गर्न सकिन्छ कोरोनासँग लड्न प्रतिरोध शक्तिको विकास




सामान्यतया, प्रतिरोध शक्ति/क्षमता(Immunity power) सुधार गर्न कुनै औषधि वा उपचार छैन। यदि कसैले, सिधै औषधिद्वारा तपाईंको प्रतिरक्षा क्षमता सुधार गर्ने तर्क राख्छ भने- त्यो तर्क नक्कली वा गैर वैज्ञानिक हो। हाम्रो शरिरको प्रतिरोध शक्ति वा प्रतिरोधात्मक क्षमता वृद्धि गर्न केही महिना वा वर्ष लाग्छ।

यो आजको भोलीमा हुने कुरा होइन, केही महिना वा वर्षको समय पछि मात्र शरिरले प्रतिरोधात्मक शक्ति विकास गर्छ अथवा बढाउँछ । यदि तपाईंको प्रतिरोधात्मक शक्ति बलियो छ भने, तपाईंलाई भाइरस वा जीबाणु(bacteria)ले न्युनतम मात्रामा असर गर्छ, यदि असर गरिहाल्यो भने पनि तपाईं एकदम चाँडै निको भै हाल्नुहुन्छ।

त्यसैले सबैभन्दा महत्त्वपूर्ण कुरा, कोरोना भाइरसको सङ्क्रमणबाट बच्ने उपाय भनेको बलियो प्रतिरोधात्मक क्षमताको निर्माण गर्नु हो।

हामीले प्राकृतिक विधिबाट प्रतिरोध क्षमताको बिकास गर्न सक्छौँ। मुख्य कुरा, दैनिक खाने आहारामा ध्यान दिनुपर्छ र जीवन शैलीलाई पनि सन्तुलित/स्वस्थ बनाउनुपर्छ। हामीले प्रतिरोध शक्ति कम गर्ने आहारा (जस्तै- Junk foods, fast foods) खानै हुँदैन अथवा सकेसम्म कम गर्नुपर्छ।

दैनिक रुपमा आवस्यक आहाराको सेवनले प्रतिरोधात्मक क्षमताको वृद्धि गर्दछ। हाम्रो जीवन शैली व्यवस्थित अनुशासनमा विकास गर्नु पर्दछ। फलफूल, हरियो सागपात, हरियो तरकारी, अदुवा, लसुन, मह-कागति पानी, green tea आदिको सेवनले हाम्रो immune system लाई बलियो बनाउन विषेश मद्दत गर्दछन्।

मुख्यतया vitamin-C युक्त आहाराको सेवन हाम्रो शरिरको लागि महत्त्वपूर्ण रहन्छ। त्यसैगरी, दैनिक जीवन शैलीमा प्रत्येक दिन ३० मिनेट हिड्ने गर्नुहोस्, राम्रो निन्द्रा (good sleep) समयमै सुत्ने र समयमै उठ्ने गर्नुहोस्, खाना समय तलिका मिलाएर खाने, चिन्तित नहुने वातावरण बनाउनुहोस्। दैनिकीलाई महत्त्वपूर्ण तरिकाले सुरक्षित बनाउनुहोस्।

प्रतिरोधात्मक शक्तिको विकाशमा तपाईंको दैनिक कृयाकलापले प्रत्यक्ष रुपमा हस्तक्षप गर्छ। त्यसैले, प्राकृति रुपमा immunity power बढाएर covid-19 विरुद्ध जितेर स्वस्थ रहनुहोस्।

सन्दिप पुन
(Biotechnologist)

Facebook Comments