• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
महामारीबिरुद्ध नेतृत्व लिन देशैभरिका कार्यकर्तालाई प्रचण्डको निर्देशन




नेकपा माओवादी केन्द्रले जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारसँग आग्रह गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार विज्ञप्ति जारी गर्दै स्थानीय निकायमा स्वास्थ्य सामग्रीको समुचित व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

‘स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ’ उनले भनेका छन्, ‘सरकारसँग जनताको स्वास्थ्यमा खेलवाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु ।’

Facebook Comments