विप्लबले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङ जिल्लाको चौथो सम्मेलन दाङको तुलसीपुरमा सम्पन्न भएको छ।
“राष्ट्रियता सार्वभौम सत्ता र स्वतन्त्रताको पक्षमा संघर्ष गरौ,भ्रस्टाचार निर्मुल समाजको लागि चौथो जिल्ला सम्मेलन भब्य रुपले सफल पारौ” भन्ने मुल नाराका साथ सम्मेलन सम्पन्न भएको हो।
चौथो जिल्ला सम्मेलनलाइ सम्बोधन गर्दै प्रमुख अतिथी युवा संगठन नेपाल केन्द्रिय सम्मेलन आयोजक समिती संयोजक पाटनले संसदीय व्यवस्था चरम संकटमा पुगेको बताउनुभयो।उहाले नेपालमा संसदीय असफल भइसकेको र आफ्नो पार्टीले निर्बिकल्प बैज्ञानिक समाजबाद प्राप्तिको दिशामा एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत अघि बढिरहेको उद्घोष गर्नुभयो।
संयोजक पाटनले बिदेशी शक्ति साम्राज्यबादी शक्तिको आडमा सत्ता टिकेको जिकिर गर्नुभयो।उहाले तीन बुदे सहमती अन्तर्गत नेता-कार्यकर्ता रिहाइ,झुटा मुद्दा खारेज भइसकेपछी सरकारसंग राजनितिक वार्ता सुरु हुने पनि बताउनुभयो।
संयोजक पाटनले सरकारसंग भएको तीन बुदे सहमतिका विरुद्धमा भ्रामक प्रचारबाजी गर्दै प्रचण्डहरु लागिपरेको बताउनुभयो।उहाले भन्नुभयो,”प्रतिबन्ध लगाउदा चुइक्क नबोल्नेहरु वार्ताको विषयमा अनावश्यक टिप्पणी गर्न आबस्यक छैन”।उहाले क्रान्ति गर्ने क्रान्तिकारी शक्तिलाइ गोन्जालो बनाउने सपना प्रचण्डहरुले देखेको र त्यो पूरा नभएपछी अत्तालिएको पनि बताउनुभयो।
उहाले एमसिसी सम्झौता कुनैपनी हालतमा पास नहुने बताउनुभयो।उहाले भन्नुभयो,”यदि जबर्जस्त एमसिसी लाद्न खोजियो भने हामी बिद्रोह गर्छौ”।
संयोजक पाटनले राष्ट्रिय स्वाधिनता,जनताको अधिकार प्राप्तिका लागि युवाहरु एकीकृत जनक्रान्तिको झण्डामुनि गोलबन्द हुँदै बैज्ञानिक समाजबाद प्राप्तिको दिशामा निर्मम संघर्ष गर्न पनि अपिल गर्नुभयो।
कार्यक्रमका बिशिस्ट अतिथी नेकपा दाङ जिल्ला इन्चार्ज प्रदिप वलिले दलाल पुजीवादी संसदीय व्यवस्थाबाट आम श्रमिकबर्गको मुक्ती सम्भब नभएको बताउनुभयो।उहाले पार्टी सरकार बिच भएको तीन बुदे सहमतिलाइ अक्षरंस पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।उहाले भन्नुभयो,”तीन बुदे सहमती गर्दा पार्टी सक्कियो,झुक्यो भन्ने भ्रम फिज्नेहरु क्रान्तिबिरोधी हुन”।
कार्यक्रममा बिशिस्ट अतिथी नेकपा दाङ जिल्ला सेक्रेटरी गणेश चौधरीले हरेक क्रान्ती आन्दोलनमा युवाहरुको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो।उहाले जनयुद्धमा पनि युवाहरुको अग्रणी भुमिका रह्यो र एकीकृत जनक्रान्तिमा पनि युवाहरुको महत्वपुर्ण भुमिका रहेको साथै उच्च बलिदानिको कोटा चुक्ता भएको बताउनुभयो।उहाले देशको अस्मितामाथी बलात्कार भइरहेको बताउदै युवाहरु निर्णायक संघर्षमा जुट्न अपिल गर्नुभयो।
कार्यक्रममा मन्तव्य राख्दै युवा संगठन नेपाल नारायणी व्युरो इन्चार्ज बिरेन्द्रले राष्ट्रबिरोधी जनघातिहरुको हातमा राजनितिक व्यवस्था रहेको बताउनुभयो।उहाले एकीकृत जनक्रान्तिको बाटो नै युवाहरुको मुक्तीको निर्बिकल्प बाटो भएको उद्घोष गर्नुभयो।
कार्यक्रममा जनपत्रकार संगठन नेपाल दाङका संयोजक हेमन्त प्रकाश वलि, स्कुलिङ बिभाग राप्तिका रुद्र वलि,सहिद परिवार समाज केन्द्रीय सदस्य धर्ती,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ राप्ती व्युरो संयोजक डिल्ली वलि,अखिल(क्रान्तिकारी) दाङका अध्यक्ष अमर खड्का,व्यापार संगठनका केन्द्रीय सदस्य भद्र वलि,अखिल नेपाल शिक्षक संगठन दाङका अध्यक्ष डिल्ली डिसि,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङका अध्यक्ष सन्जय वलि,कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष नर बहादुर रोका,सहिद परिवार दाङ जिल्ला अध्यक्ष बल बहादुर वलि,राष्ट्रिय जागरण मन्चका केन्द्रिय सदस्य मंगल चौधरी,नेकपा लमहि नगर सेक्रेटरी निम बहादुर डागी,नेकपा दंगिशरण सेक्रेटरी रोदन,नेकपा दाङ जिल्ला सल्लाहकार समितिका सदस्य मधुसुदन,नेकपा जिल्ला सदस्य द्वोय महान र जनकको आतिथ्यता रहेको थियो।
युवा संगठन नेपाल दाङ जिल्ला सम्मेलन आयोजक समिती सदस्य तुलसी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्यानल प्रस्ताव संगठनका राप्ती व्युरो इन्चार्ज तिलक योगिले गरेका थिए भने संचालन जिबनी चौधरीले गरेकि थिइन।
सम्मेलनले तुलसी चौधरीको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ जसको उपाध्यक्षमा जिबनी चौधरी सचिबमा सुदर्शन बिक सह-सचिबमा अजय दुलाल र कोषाध्यक्षमा दिपेद्र वलि रहेका छन।
युवा संगठन नेपाल दाङ जिल्ला सम्मेलन आयोजक समिती संयोजक मनोजको अध्यक्षतामा भएको कार्यक्रममा नबनिर्वाचित जिल्ला कमिटीलाई बधाइ मन्तव्य पार्टीका जिल्ला सदस्य जनकले राखेका थिए।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।