• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
साहित्यकारको विवाहमा पुस्तक उपहार




दाङमा एक साहित्यकारको विवाहमा शुभेच्छुकहरुले पुस्तक उपहार दिएका छन् ।

कवि घनश्याम अस्तित्व र मञ्ज पार्धेको शुभ विवाहको अवसरमा उदाहरण साहित्यिक समूहका अभियन्ताहरुले दश हजार बढीको पुस्तक उपहार दिएका हुन् ।

उदारहण समूहको तर्फबाट नवीन श्रेष्ठ, नवीन अभिलाषी, नवीन शर्मा, संगीत मगर, आशा ओली, तीर्थराज चौधरी, बिष्णु सन्यासी, विकास रोका, शर्मिला रोका, सविना भुसाललगायतले पुस्तक उपहार दिनुभएको हो । उहाँहरुले दुलाहादुलहीलाई सामूहिकरुपमा पुस्तक उपहार दिनुभएको हो ।

विवाह एक उच्च सामाजिक संस्कार भएकाले यसलाई रचनात्मक बनाउँदै विचार र व्यवहारमा एकरुपता ल्याउन सहयोग होस् भनेर यसो गरिएको उदारहण समूहका अभियन्ता नवीन श्रेष्ठले जानकारी दिनुभयो ।

सबै बिधाका पुस्तक उपहारमा समेटिएको जानकारी दिंदै उहाँले यसबाट पठन संस्कृतिमा टेवा पुगोस् भन्ने आफूहरुको उद्देश्य रहेको बताउनुभयो ।

Facebook Comments