• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वर्गीय र जातीय मुक्तिका लागि निरन्तर संघर्ष जरुरीः शर्मा




नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य,लुम्बिनी प्रदेश सचीव तथा राष्ट्रिय सभाका सदस्य जगप्रसाद शर्मा अपारले देश यतिबेला राजनीतिको बिशिस्ट क्षणमा हुर्किरहेको बताउनु भएको छ । उहाँले विशेष गरि कम्युनिस्ट पार्टीभित्र देखा परिरहेका टुटफूट र बिभाजनका श्रृंखलाबाट देश आजित र पिडामा बाचिरहेको बताउनुभयो ।

राजनीतिभित्र पतन र उत्थान, विघटन र पुनर्गठन हुने कुरा नियमित जस्तै भएको हुदा कोही पनि यस्ता खाले घटनाक्रमबाट निराश नहुन अनुरोध गर्नुभयो । प्रशव बेदनाबाट नयाँ र सुन्दर चिज जन्मिने र त्यसबाट जन्मिएको चिज दीर्घकालीन र महत्वपूर्ण रहने बपनि उहाँले बताउनुभयो ।

नेपाल दलित मोर्चा तुलसीपुर उपमहानगर पालिकास्तरीय प्रथम विस्तारित बैठकमा सम्बोधन गर्दै अपारले दलित समुदायले बर्गिय र जातीय विभेद झेलिरहेको हुँदा यस समुदायका नेताकार्यकर्ताले दुइवटै भारी सगै बोक्नुपर्ने बताउनुभयो । उहाँले यो समुदाय बर्षौदेखि शोषण दमनमा रहँदै आएको र आजको युगमा आउदा पनि बिभेदका घटना नरोकिनु दुःखद भएको बताउनुभयो । दलितमाथिको विभेद र अपमानका घटना रोक्न अझै राजनीतिक हस्तक्षेप जरुरी रहेको उहाँले बताउनुभयो ।

दलित मोर्चा तुलसीपुर नगर संयोजक प्रकाश परियारको अध्यक्षता बसेको बैठक ले बैशाख १७ देखि जेठ ५ गतेसम्मको वडास्तरीय भेलाको मिति तय गरेको छ भने १९ वटै वडाका सयोजक, सह सयोजक तोकेको छ । जिल्ला मोर्चाले तोकेको १००० साधारण सदस्य बनाउने कोटामा थप गर्दै प्रत्येक वडालाई १०० दरले उपमहानगरपालिका भरी १९०० साधारण सदस्य को सख्या तोकेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका अध्यक्ष खुशीराम चौधरी, मोर्चा दाङ जिल्ला सह इन्चार्ज मानसिङ सुनार, जिल्ला सयोजक हिरालाल सुनार ‘सारथि’ ,जिल्ला सचिवालय सदस्यहरु छवि बिक, लालबहादु बिकलगायतले बोल्नुभएको थियो भने बैठक को संचालक प्रकाश परियारले गर्नु भएको थियो ।

Facebook Comments