• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दलित मोर्चा दाङको अध्यक्षमा सुरज




विप्लब नेतृत्वको नेकपा निकट दलित मुक्ती मोर्चा,नेपाल जिल्ला समिती दाङको ८औ जिल्ला भेला दाङको लमहिमा सम्पन्न भएको छ।

“सामाजिक दलाल पुजीवादको आधुनिक बिभेदका विरुद्ध शसक्त दलित आन्दोलन, बैज्ञानिक समाजबादको पक्षमा दलित मुक्ती मोर्चाको ८औ जिल्ला भेला”भन्ने मुल नाराका साथ भेला सम्पन्न भएको हो।

भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा दाङ जिल्ला सेक्रेटरी गणेश चौधरीले पुजीवादी संसदीय व्यवस्थाबाट जातिय मुक्ति सम्भब नभएको जिकिर गर्नुभयो।उहाले जातिय व्यवस्था राजा रजौटाले मान्छेलाइ कजाएर खानाका लागि सामन्तहरुले ल्याएको बताउनुभयो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै दलित मुक्ती मोर्चा,नेपालका केन्द्रीय सदस्य तथा राप्ती व्युरो इन्चार्ज टीका राम नेपालीले समाजमा दुई जात पुरुस महिला मात्र हुने कुरा उल्लेख गर्नुभयो।उहाले जात व्यवस्थाका विरुद्ध संघर्ष गर्न सम्पुर्ण दलितहरु एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलबन्द हुन आह्वान गर्नुभयो।

शुभकामना मन्तव्य राख्दै नेकपा पुर्बी घोराही इन्चार्ज जनकले उत्पीडित दलितहरु आफ्ना हक अधिकार प्राप्तिका लागि निर्मम संघर्ष गर्नुपर्ने कुरा बताउनुभयो।उहाले भन्नुभयो,”जहाँ थिचोमिचो,अन्याय,शोषण दमन हुन्छ त्यहा प्रतिरोध बिद्रोह गर्नुपर्छ”।

कार्यक्रममा मगर मुक्ती मोर्चा राप्ती व्युरो इन्चार्ज भिम प्रकाश पुन,मगर मुक्ती मोर्चा दाङका संयोजक सेबेन्द्र मगर,नेकपा दाङ जिल्ला सल्लाहकार सदस्य मधुसुदन को आतिथ्यता रहेको थियो।

दलित मुक्ती मोर्चा,नेपाल दाङका संयोजक सुरज परियारको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रेशम बिकले गर्नुभएको थियो।

भेलाले सुरज परियारको अध्यक्षतामा १८ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ जसको उपाध्यक्षमा रेशम सुनार,सचिब केशर बिक,सह-सचिब लोक बहादुर सुनार र कोषाध्यक्षमा केशर परियार रहेका छन।

नबनिर्वाचित जिल्ला कमिटीलाई बधाई मन्तव्य नेकपा लमही नगर सेक्रेटरी उज्ज्वलले राखेका थिए।

Facebook Comments