• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बाटो फैलाउँदाको खुशीमा दिदीबहिनी




घर अगाडि सडक सम्मको क्षेत्र धेरैको उदांगो देखिन्छ । पर्खाल हटाए । रुख काटे । तार जालि निकाले । पेटिको गाह्रो भत्काए । घोराही १८ दिदि बहिनी टोलका वासिन्दा अहिले डोजर आउने दिन पर्खिएर बसेका छन् । सडक विस्तारमा लागेको डोजर भने केहि दिन देखि चलेको छैन ।

यस अघि सात मिटर रहेको मसिना गिठेपानी रानी जरुवाको बाट अब १२ मिटर चौडा हुनेभएको छ । चैत अन्तका दिनमा बाटो आसपासका हरेकजनाले आफ्नो घर अगाडिको रुख काट्छन् । आँगनको पर्खाल भत्काउँछन् । पेटिको गाह्रो सम्हाल्छन् । विहानै देखि दनभरी त्यसैमा व्यस्त भए । मसिना रानीजरुवा सडक क्षेत्रकाले घर अगाडिको संरचना हटाउने गरेका छन् ।

यस अघिको सात मिटर चौडा बाट १२ मिटर फराकिलो बन्न लागेको टोल अध्यक्ष घनबहादुर रावतले जानकारी दिनुभयोे । त्यसै अनुसार घरवेटीहरुलाई आफ्ना संरचना आफै हटाउन भनिएको छ । आफैले फाल्दा काठ, ढुंगा, ईटा काम लाग्ने छन् । डोजर स्काभेटरले हटाए तोपिदिने छ । त्यही क्षेत्रबाट फराकिलो रिङ रोड निर्माणकार्य शुरु भएको छ ।

बाटो खन्न शुरु गर्नुपुर्व ठेकेदार कम्पनीले समन्वय गरेको अध्यक्ष रावतले जानकारी दिनुभयोे । त्यस लगतै टोलको बैठक बस्यो । क्षतिपुर्ति पाईन्छ कि पाईदैन भनेर टोलवासीले जिज्ञासा राखे । त्यस्तो व्यवस्था नभएको ठेकेदार कम्पनीले जवाफ दियो । काम गर्न नदिए विकास रोकिन्छ भन्ने बुझे । धमा धम् आफ्ना संरचना आफै हटाउन जुटे ।

ठुलो कालोपत्रे सडक बनेपछि विकास हुन्छ भन्नेमा सहमत भएको अध्यक्ष रावतको भनाई छ । विकास आउनदिने भनेपछि स्थानिय वासिन्दाले आफ्ना संरचना भकाभक हटाउन थाले । सडक विभागका प्रतिनिधि मित्र घर्ति सहित ठेकेदार कम्पनीले बाटो नापेर चिनो लगाइदिएको छ । खन्नुपर्ने क्षेत्र छुट्याइदिएपछि स्थानियले आफ्ना संरचना हटाउन थालेका छन् ।

Facebook Comments