• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जागृति र सुन्दरनगर पूर्ण सरसफाइ अभियानमा




घोराही १४ का जागृति र सुन्दरनगर टोल पुर्ण सरसफाइ अभियानको प्रतिस्पर्धामा जुट्ने भएका छन् । सिंगै वडाको उत्कृष्ठ सफा टोल बन्न योजनाबद्ध तरीकाले लाग्ने टोल अगुवाले बताए ।

गरीव र धनिको सरफाइ फरक हुन्छ भन्ने भ्रमबाट मुक्त भएको जागृति टोलका सचिव रामकुमार सुनारको भनाई थियो । उहाँका अनुसार भव्य भौतिक संरचना बनाउन नसकेपनि सफा राख्न सकिन्छ । महंगा फेसन किन्न नसकिएपनि धोएर सफा लगाउन मिल्छ ।

यसैगरी बजारका प्याकेट र डिब्बामा बन्द खानेकुरा नखानेहरु निरोगी हुन्छन् भन्ने चेतना फैलाउने टोल अध्यक्ष देवा सेन ठकुरीको भनाई थियो । सकभर घरमै तयार गरिएको सुरक्षीत खाना खाएर निरोगी बन्ने उहाँको अठोट थियो । टोलवासीलाई सिकाउने बताउनुभयो । हरेक हप्ता गरीने सरफाइलाई अब फोहोर फाल्नै नपर्ने बनाउने उहाँको भनाइ छ ।

केहि घरले सरसफाइगर्न अटेरी गरेको, उब्जेको जति फोहोर कुलोमा बगाउने र बाहिर फाल्ने गरेको उनिहरुको भनाई थियो । टोलका अगुवाहरुका अनुसार सम्झाउन खोज्दा उल्टो मुख छोडर बोल्ने र गालि गर्नेहरु छन् । आवश्यक परे वडामा सिफारीस गर्ने र त्यस्ता फोहोरीलाई कानुनी कार्वाही गर्न सकिने व्यवस्था छ । केहिले थोरै रिङको शौचालय बनाएकाले भरीएर गन्ध फैलाएको बताए ।

खुला दिसामुक्त अभियानका क्रममा काम चलाउ शौचालय बनाएकाहरुकोमा अहिले भरिएर समस्या आएको वडा सदस्य एवं सुन्दर नगरटोलका वासिन्दा फुलमती नेपालीको भनाई थियो । उहाँले आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गर्नुभयो । सामान्य नागरीक वस्ने क्षेत्र पुर्ण सरसफाइ हुँदा उदाहरणीय बन्ने वडा अध्यक्ष शक्तिराम डाँगिको भनाई थियो । सरसफाइका मापदण्ड पुरा गर्नलाई धनिमानी हुनुपर्छ भन्ने गलत भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो ।

Facebook Comments