• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा अनलाइन पत्रकारिता तालिम शुरु




घोराहीमा अनलाईन पत्रकारिता क्षमता अभिबृद्धि तालिम शुरु भएको छ । घोराही उपमहानगरपालिको आर्थिक सहयोग तथा सञ्चार चौतारी दाङको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

दाङका विभिन्न अनलाईनमा क्रियाशिल पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यका साथ तिन दिने अनलाईन पत्रकारिता तालिम दिन थालिएको सञ्चार चौतारी दाङका अध्यक्ष सुर्दशन रिजालले जानकारी दिनुभयो ।

दाङको सन्दर्भमा अनलाईन पत्रकारिता किन, अपनाउनु पर्ने सजगताहरु, फिचर लेखन लगाएतका विषयमा तालिम प्रदान गरिने सञ्चार चौतारी दाङले जनाएको छ । तालिमको प्रशिक्षकमा शरद अधिकारी, दुर्गालाल केसी, नरेन्द्र केसी, टिका बस्नेत, सन्तोष सुवेदी र मनु शर्मा रहनु भएको छ ।

Facebook Comments