• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुक्तकः बिर्सिएको छैन आमा




ब्याजी लिएका ॠणहरु, बिर्सिएको छैन आमा
बचन दिएका लविनहरु, बिर्सिएको छैन आमा
गाग्री सङ्गै मलाई बोकि, पधेरिमा जानुहुन्थ्यो
दु:खका ती दिनहरु, बिर्सिएको छैन आमा ।

दुई दिनको जीवन हो भन्ने, थाहा हुदाहुदै
मिथ्या आफ्नै मन हो भन्ने, थाहा हुदाहुदै
खैनी चुरोट रक्सी सेवन, किन गर्छ मान्छे
स्वास्थ्य नै धन हो भन्ने, थाहा हुदाहुदै ।

फुल बनेका झुठहरुको, फगत बिर्सिन्न म
खुशी लुट्दा तड्पिएको, जगत बिर्सिन्न म
गणतन्त्रमा लुटतन्त्रको, कछालो बसेपनी
मेरा दुःखले आर्जेको त्यो, नगद बिर्सिन्न म।
हिमाल ओली
त्रिवेणी खारा रुकुमपश्चिम

Facebook Comments