• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पत्रकार महासंघ दाङमा पद हस्तान्तरण




नेपाल पत्रकार महासंघ दाङ शाखाका नव निर्वाचित पदाधिकारीहरुले पदभार तथा सपथ ग्रहण गरेका छन् । आज महासंघकै भवनमा एक कार्यक्रमका विच निर्वाचन समितिका संयोजक सुदिप गौतमले सपथ ग्रहण गराउनुभयो भने निवर्तमान अध्यक्ष सविन प्रियासनले नवनिर्वाचित अध्यक्ष दुर्गालाल केसीलाई पदहस्तान्तरण र पदभार गराउनुभएको हो ।

कार्यक्रममा पदभार ग्रहण पछि बोल्दै नवनिर्बाचित अध्यक्ष केसीले १५ बुँदे कार्य योजना प्रस्तुत गर्नुभएको छ । पत्रकारहरुको क्षमता अभिबृद्धीका तालिम देखी ज्येष्ठ पत्रकारलाई निर्वाह भत्ताको व्यवस्था गर्ने सम्मको कार्य योजना प्रस्तुत गर्नुभएको हो ।

कार्यक्रममा प्रेस काउन्सील नेपालका सदस्य सरद अधिकारी, नेपाल पत्रकार महासंघका पूर्ब केन्द्रिय सदस्य मधुसुदन बैद्य, दाङ शाखा पूर्ब अध्यक्ष केवी मसाल, महासंघका सल्लाहकार लक्ष्मी आचार्य, निर्वाचन समितिका संयोजक सुदिप गौतम, समिति सदस्य अधिबक्ता मौसम आचार्य, प्रेस चौतारीका पूर्ब केन्द्रीय सदस्य सुदर्शन रिजाल, प्रेस युनियनका केन्द्रीय सदस्य शुलोचना गौतम, प्रेस संगठनका संयोजक प्रकाश चौधरी र प्रगतिशिल पत्रकार संघका अध्यक्ष महेश रिजालले आ आफ्नो धारणा राख्नुभएको थियो ।।

Facebook Comments