• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दलित मोर्चा बबइको बैठक, पालिकाब्यापी अभियानका कार्यक्रम तय




नेपाल दलित मुक्ति मोर्चा बबई गाउपालिकाको प्रथम विस्तारित बैठक हापुरे खानेपानीको हलमा बबई सयोजक खुमबहादुर बिकको अध्यक्षता र नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा ३ न प्रतिनिधि सभा का इन्चार्ज भीबहादुर ओली ‘ड्राइभर’ को प्रमुख आतिथ्यमा भएको बैठकमा दलित मोर्चा दाङ्ग जिल्ला इन्चार्ज राधिका परियार, मोर्चा लुम्बिनी प्रदेश सदस्य रमेश सुनार, जिल्ला संयोजक हिरालाल सुनार ‘सारथी’ र सहसंयोजक रुद्रसिंह बिकले सम्बोधन गर्नुभएको थियो ।

प्रमुख अतिथि ओलीले माओवादीहरु हिजो हतियारसहितको लडाइँमा १ को विरुद्ध २ भएर लडेको हो ,आजको शान्तिपूर्ण बिद्रोहमा १ को विरुद्ध ५ भएर लड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले

बैठकबाट ७ वटा वडाका सयोजक र सहसयोजक तय गर्दै साथै ७ वटै वडा का भेला बैठक बैशाख ८ गते देखि बैशाख १६ गतेसम्म गरिसक्ने गरी तय गरेको छ ।

यसका साथै जिल्ला ले तोकेको १००० साधारण सदस्यता मा १०० बढी बनाउने गरि प्रत्येक वडा मा १६० का दरले कोटा निर्धारण गरेको छ ।
बैठक ले यहि बैशाख २० गते घोराहीमा हुन गइरहेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम मा १०० प्रशिक्षार्थी लिने निर्णय गरेको सयोजक खुमबहादुर बिक ले बताउनुभयो ।

Facebook Comments