• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सीप सिकाउँदै, आत्मनिर्भर वनाउँदै तुलसीपुर मेट्रो कलेज




तुलसीपुर उपमहानगरपालिकाले यस क्षेत्रलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले विभिन्न सीपमुलक तालिम सञ्चालन गरेर बेरोजगारहरुलाई स्वरोजगार वनाउँदै लगेको छ ।

विभिन्न संघसंस्थाको सहयोगमा कलेजमा अहिले २ दर्जन छोटो अवधिको तालिम सञ्चालन भइरहेको कलेज प्रमुख वसन्त आचार्यले वताए । प्रमुख आचार्यले कोभिडका कारण रोजगार गुमाएका मात्रै होइन उपयुक्त सीप नहुँदा बेरोजगार वस्न वाध्य सबै उमेर समुहकालाई तालिम प्रदान गरिएको वताए ।

‘हामीले कुन ठाउँमा कस्तो तालिमको आवश्यकता छ भन्ने बारेमा अध्ययनका साथै स्थानीय आवश्यकताको आधारमा तालिम सञ्चालन गरिरहेका छौ । ’ कलेज प्रमुख आचार्यले भने । कलेजले उपमहानगरपालिकाका सबै वडामा तालिम सञ्चालनका लागि कार्यक्रम अगाडी वढाएको समेत उनको भनाई रहेको छ ।
कलेजले अहिले वडा नम्बर १४ मा वाख्रापालन, तरकारी खेती, चप्पल निर्माण सम्बन्धि तालिम सञ्चालन गरिरहेको छ । कलेजका अनुसार वडा नम्बर ४ मा तरकारी खेती, होटल सम्वन्धि सीप,सिलाई कटाई र मौरीपालन सम्बन्धि तालिम सञ्चालन भइरहेको छ । त्यसैगरी वडा नम्बर ८ मा व्युटिपार्लर, वुटिक,ढकिया निर्माण र वडा नम्बर ३ मा थाकलका सामग्री निर्माण, लेडिज सेन्डिल निर्माण लगायतका तालिम सञ्चालन भइरहेका छन् ।

‘तालिम निकै प्रभावकारी ढँगले सञ्चालन भएको हुँदा स्थानीयहरुमा उत्साह वढेको छ ।’ वडा नम्बर १४ का वडाध्यक्ष पर्शुनारायण चौधरीले वताए ।
तालिम पश्चात सीकेको सीपलाई व्यवसायमा लगाउनका लागि कलेजले तालिम पश्चात आवश्यक सामग्री समेत हस्तान्तरण गर्ने गरेको छ । कलेज प्रमुख आचार्यका अनुसार यस अगाडी सञ्चालन भएका विभिन्न तालिमका सहभागीहरुले व्यवसाय समेत सञ्चालन गरिसकेका छन् । ‘कपाल काट्ने सीप सिकेकाहरुले पसल समेत सञ्चालन गरिसकेका छन् ।’ कलेज प्रमुख आचार्यले वताए ।

स्थानीय सरकारको साझेदारीमा मुलुककै पहिलो कलेजका रुपमा सञ्चालनमा आएको कलेजले डिप्लोमा तहका विभिन्न ५ वटा कार्यक्रम समेत सञ्चालन गरिरहेको छ ।

Facebook Comments