• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दलित मुक्ति मोर्चा शान्तिनगरले थाल्यो पालिकाब्यापी अभियान




नेकपा माओवादी केन्द्रनिकट नेपाल दलित मुक्ति मोर्चा शान्तिनगर गाउपालिका को प्रथम विस्तारित बैठक सहिद स्मृति भवनमा सन्पन्न भएको छ ।

शान्तिनगरका सयोजक राजेन्द्र परियारको अध्यक्षता मा र नेपाल दलित मुक्ति मोर्चा केन्द्रिय कार्यालय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज तथा नेकपा माओवादी केन्द्र दाङ जिल्ला सचिवालय सदस्य खर्के सुनार ‘शिशिर’ को प्रमुख आतिथ्यतामा भएको बैठकमा दलित मोर्चा दाङ्ग जिल्ला इन्चार्ज राधिका परियार, सह इन्चार्ज राजु कान्छा, जिल्ला संयोजक हिरालाल सुनार ‘सारथी’, सह संयोजक अर्जुन परियारलगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रमुख अतिथि शिशिरले दलित मुक्ति मोर्चा जतिजति बेला देश पार्टी र नेतृत्व सकटमा पर्छ त्यतिबेला अग्रभागमा रहेर हरेक चुनौतीको सामना गर्दै अघि बढिरहेको बताउनु भयो । उहाँले यतिबेला पनि देशमा प्रतिगामी शक्ति जुरमुराइरहेकाले परिवर्तनका एजेन्डामा हमला गर्न खोजेको भन्दै सगठनका नेताकार्यकर्ताहरु सकृय रुपमा अग्रगमन पक्षमा लाग्नुपर्ने बताउनुभयो ।

बैठकबाट ७ वटा वडाका सयोजक, सह सयोजक तय गर्दै साथै ७ वटै वडाका भेला बैठक बैशाख ७ देखि १८ गतेसम्म गर्ने निर्णय भएको छ । जिल्लाले तोकेको १००० साधारण सदस्यतामा ५० बढी बनाउने गरी प्रत्येक वडा मा १५० जना सदस्य बनाउने गरी अभियान चलाउने निर्णय गरिएको छ ।

बैठकले बैशाख २० गते घोराहीमा हुन गइरहेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम मा एक सय प्रशिक्षार्थी पठाउने निर्णय गरेको सयोजक राजेन्द्र परियारले जानकारी दिनुभयो ।

Facebook Comments