• २१ भाद्र २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङसहित १४ जिल्लालाई अति संवेदनशील क्षेत्र घोषणा, भीडभाडमा नजान अपिल




सरकारले दाङसहित १४ जिल्लालाई अति संवेदनशील क्षेत्र घोषणा गर्दै भिडभाड हुने सबै क्षेत्रमा जमघट नगर्न अपिल छ ।

स्वास्थ्य मन्त्रालयलये ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ बुझेर यस्तो काम गर्न अपिल गरेको हो ।

मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ जिल्लालाई अति संवेदनशील मानेको छ।

ती जिल्लाका भिडभाड हुने सबै क्षेत्र तथा सेवाहरू अविलम्ब बन्द गर्नुपर्ने अवस्था रहेको औंल्याइएको छ।

तर, ती सबै क्षेत्र बन्द गर्न नभनीकन मन्त्रालयले नजान अपिल गरेको हो।

यसरी जान नहुने ठाउँहरूमा विद्यालय, रात्रिकालीन व्यवसाय, सात बजेपछि सबै रेष्टुरेन्ट, क्लब, खेलकुद, जिम, सार्वजनिक पूजाआजा, जात्रा, सभा, सम्मेलन, बैठक, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, स्वीमिङ पुल, हेल्थ क्लब लगायत छन्।

यस्ता क्षेत्रमा सहभागी नहुन भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउन पनि अनुरोध गरेको छ।

साथै, मन्त्रालयले अस्पतालहरूलाई अनिवार्य रुपमा फिवर क्लिनिक सञ्चालन गर्न, कोभिड परीक्षणका लागि नमूना संकलन तथा व्यवस्थापन गर्न अनुरोध गरेको छ।

Facebook Comments