• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
डुब्रिङमा लोकेन्द्रले उडाए हेलिकप्टर




रोल्पाको रुन्टीगढी गाउँपालिका ६ गातीना निबासी लोकेन्द्र बस्नेतले हेलिकप्टर उठाएका छन् । नयाँ वर्षको अवसरमा दिन रुन्टीगढी ६ डुब्रिङमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा लोकेन्द्र बस्नेतले आफूले निरन्तर संघर्ष पश्चात बनाएको हेलिकप्टर सफल उडान गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले नयाँ वर्षको शुभकामना दिदै यो ६ नं. वडामा लोकेन्द्र बस्नेतले हेलिकप्टर बनाई सफल परीक्षण गरेको र यो कला र क्षमता अतभूत भएको बताए । यो अतभूत क्षतमतालाई संरक्षण तथा व्यवस्थापन गर्नको लागि यहाँको वडा र पालिका तयार रहेको समेत बताए ।

सोही कार्यक्रममा फरक प्रसंगमा बोल्दै अध्यक्ष बुढाले हिजो दिनमा गर्न सकेका विकास निर्माणका कामहरुलाई अव सञ्चालनमा ल्याउने बताए । आजसम्म आउँदा धेरै ठाउँमा बाटो निर्माण भइसकेको, खानेपानी पुगिसकेको, स्वास्थ्यका भवनको पहुँच पुगिसेको समेत उनले बताए ।

कार्यक्रममा लोकेन्द्र बस्नेतले आफ्नो क्षमता प्रयोग गरी बनाएको हेलिकप्टर उडाएको देख्दा स्थानीयबासीन्दाहरु हर्षित देखिन्थे भने स्थानीयस्तरमा लोप उन्मूक सोरठी नाचहरुको बेजोड प्रस्तुति गरिएको थियो ।

एक आपसमा शुभकामना आदानप्रदान गर्दै कार्यक्रममा बोल्ने बक्ताहरुले हेलिकप्टर सफल उडान गर्ने लोकेन्द्र बस्नेतको प्रस्तुति रोल्पा जिल्लाकै पहिलो र प्रशंसायोग्य भएको हुनाले यो अदृश्य क्षमतालाई सबै ठाउँमा प्रचारात्मक रुपले अगाडि बढाने बताएका थिए ।

गोविन्द घर्तीको अध्यक्षता एवं रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न जनप्रतिनिधि, राजनीतिक दल, बुद्धिजीवि, समाजसेवी, शिक्षक, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

Facebook Comments