• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नयाँ वर्ष अवसरमा होलेरीमा रक्तदान




नयाँ वर्षको अवसरका दिन होलेरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

देशभर ब्लड बैंकहरुमा रगत अभाव हुन नदिनका लागि नयाँ वर्ष २०७८ को पावन अवसरमा बैशाख १ गते रोल्पाको होलेरीमा आयोजना गरिएको कार्यक्रममा ३४ जना रक्तदाताहरुले रक्तदान छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसले गर्दा अधिकांस अस्पतालहरुमा रगतको अभाव हुन नदिनका लागि इसाइ समाज रुन्टीगढीको आयोजना ,नेपाल रेड्क्रस सोसाइटी होलेरी उपशाखाको समन्वय, नेपाल रेडक्रस सोसाइटी रक्त सन्चार केन्द्र दाङको प्राविधिक सहयोग तथा रुन्टीगढी गाउँपालिका र इसाइ समाजको आर्थिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।

बसन्त ऋतुसँगै आगमन भएको नयाँ वर्ष २०७८ साल वैशाख १ गते होलेरी रोल्पामा भएको रक्तदान कार्यक्रममा सोचेभन्दा बढी रक्तदाताहरु आएको भएपनि विभिन्न समस्याका कारण ३४ जना रक्तदाताहरुले खुशी भएर रक्तदान गरेको रेडक्रस सोसाइटी होलेरी उपशाखाका सभापति लक्षिराम थापाले जानकारी दिएका हुन् ।

रुन्टीगढी गाउँपालिका इसाई समाजका अध्यक्ष शेरबहादुर वि.क.को अध्यक्षता एवं रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण भूपमणी पुनले गरेका हुन् ।

मुन बहादुर बुढा, मिनबहादुर थापा, गोपीराम पुन, शान्ता बोहरा,दीपा पुन, दीपेन्द्र बुढा,शेरबहादुर बि क,मोनिका बि क,हरी बि क लगाएतका रक्तदाताहरुले रक्तदान गरेका हुन् ।

Facebook Comments