• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दलित मोर्चा दाङको जिल्लाब्यापी अभियान, दश हजारलाई संगठित गर्ने तयारी




नेकपा माओवादी केन्द्रनिकट नेपाल दलित मुक्ति मोर्चा दाङ जिल्लाको प्रथम विस्तारित बैठकले जिल्लामा सदस्य संख्या १० हजार पु¥याउने निर्णय गरेको छ ।
संगठनका संयोजक हिरालाल सुनार (सारथी) को अध्यक्षतामा तथा ने.क.पा. (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सहसंयोजक दलजित सेर्पाइलीको प्रमुख आतिथ्यमा बसेको बैठकमा ने.क.पा. (माओवादी केन्द्र) दाङ जिल्ला सचिव सुवास पुन, मोर्चाका केन्द्रिय कार्यालय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज खर्के सुनार, लुम्बिनी प्रदेश अध्यक्ष कर्मलाल परियार, लुम्बिनी प्रदेश सचिव तथा दाङ जिल्ला इन्चार्ज राधिका परियार, केन्द्रिय सदस्य तथा दाङ जिल्ला सहइन्चार्जहरु राजबहादुर परियार (राजु कान्छा) र मानसिंह सुनारको बिशेष आतिथ्य रहेको थियो ।

बैठकमा १० वटै स्थानीय तहका संयोजकहरुले रिपोर्ट राखेका थिए । बैठकले १० वटै स्थानीय तहको बैठक मिति गरेको छ । शान्तिनगर गाउपालिकामा बैशाख ३ गते, बबई गाउपालिकामा बैशाख ४ गते, दंगीशरण गाउपालिकामा बैशाख ५ गते, घोराही उपमहानगरपालिकामा बैशाख ७ गते, राप्ती गाउपालिकामा बैशाख ८ गते, लमही नगरपालिकामा बैशाख ९ गते, तुलसीपुर उपमहानगरपालिकामा बैशाख १० गते, बंगलाचुली गाउपालिकामा बैशाख ११ गते, गढवा गाउपालिकामा बैशाख १२ गते र राजपुर गाउपालिकामा बैशाख १३ गते बैठक हुने भएको छ ।

नेपाल दलित मुक्ति मोर्चा दाङ जिल्लामा प्रदेशले तोके बमोजिम दश हजार साधारण सदस्य बनाउने भएकोे छ । बैठकले दाङ जिल्लाका ३ वटै प्रतिनिधिसभा, ६ वटा प्रदेश सभा, १० वटा स्थानीय तहमा संगठनका जिम्मेवार कमरेडहरुलाई जिम्मेवारी पनि तोकेको छ । जसअनुसार प्रतिनिधिसभा १ संयोजकमा मोहनलाल वि.क., सहसंयोजकमा ननसरा वि.क,. प्रतिनिधिसभा १ (क) संयोजक श्रीबहादुर परियार, सहसंयोजक सहविर वि.क र प्रतिनिधिसभा १ (ख) संयोजकमा भरत दुलाल सहसंयोजक सीता वि.क. रहनुभएको छ ।

त्यस्तै प्रतिनिधिसभा २ संयोजक कमल कुमाखी, सहसंयोजक कृष्ण वि.क., प्रतिनिधिसभा २ (क) संयोजक गुमानसिह वि.क., सहसंयोजक गीरीराज वि.क., प्रतिनिधिसभा २ (ख) संयोजक कमल नेपाली, सहसंयोजक प्रकाश वि.क., प्रतिनिधिसभा ३ संयोजक रुद्रसिंह वि.क., सहसंयोजक भरत परियार, प्रतिनिधिसभा ३ (क) संयोजकमा लालबहादुर वि.क., सहसंयोजक गोरख वि.क. रहनुभएको छ ।

प्रतिनिधिसभा ३ (ख) संयोजकमा गोपाल वि.क., सहसंयोजक ममता परियार, बबई गाउपालिका इन्चार्ज जयराम वि.क., सहइन्चार्ज उज्वल वि.क. संयोजक खुम बहादुर वि.क., सहसंयोजक लिला वि.क.÷दिपक परियार रहनुभएको छ ।

शान्तिनगर गाउपालिका इन्चार्जमा शेर ब. वि.क. सहइन्चार्ज गुमानसिंह परियार, संयोजक राजेन्द्र परियार, सहसंयोजक गणेश वि.क., तुलसीपुर उपमहानगरपालिका इन्चार्ज तलसी परियार, सहइन्चार्ज रकमराज वि.क.÷रुपेश वि.क., संयोजक प्रकाश परियार, सहसंयोजक नुमे वि.क.÷सपना वि.क.÷नवराज महर र घोराही उपमहानगरपालिका इन्चार्ज÷संयोजक डिलाराम वि.क. सहइन्चार्ज विनोद वि.क. रहनुभएको छ ।

बंगलाचुली गाउपालिका इन्चार्जमा प्रेम दमाई, सहइन्चार्ज श्याम नेपाली, संयोजक खेतुलाल वि.क., सहसंयोजक बामदेव वि.क., लमही नगरपालिका इन्चार्ज डालिका बिटालु, सहइन्चार्ज रमेश सुनार, संयोजक प्रकाश सुनाम, सहसंयोजक धनु परियार, राप्ती गाउपालिका इन्चार्जमा ठगेन्द्र परियार सहइन्चार्ज इश्वरी परियार, संयोजक शेरबहादुर सुनार, सहसंयोजक प्रकाश परियार, गढवा गाउपालिका इन्चार्ज÷संयोजक– ज्ञानबहादुर परियार, सहइन्चार्ज तिलक परियार, सहसंयोजक राजकुमार परियार रहनुभएको छ ।

राजपुर गाउपालिका इन्चार्जमा गुरुप्रसाद वि.क., सहइन्चार्ज÷संयोजक शान्ता परियार, सहसंयोजक दंगीशरण गाउपालिका इन्चार्ज÷संयोजक मन्जु वि.क., सहसंयोजक ऐनबहादुर वि.क. रहनुभएको छ ।

मोर्चाको सल्लाहकार समिति २१ सदस्यीय बनाउने निर्णय भएको छ भने जसको संयोजकमा सतिराम परियार र सहसंयोजक इन्द्र रसाइलीलाई तोकिएको जिल्ला संयोजक सुनारले जानकारी दिनुभयो ।संगठनको गतिविधिलाई प्रभावकारी र बृहत वनाउनका लागी विभिन्न विभागहरुमा संगठनका संयोजक, सहसंयोजक र सचिवालयका कमरेडहरुलाई विभागको जिम्मेवारी तोकिएको छ ।

संगठनका नेता कार्यकर्ताहरुको राजनितिक र वैचारिक स्तर उठाउन वैशाख १९ गते घोराहीमा जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम गर्ने र प्रत्येक पालिकावाट १०० जना संगठित सदस्यहरु सहभागी गराउने पनि बैठकले निर्णय गरेको छ । बैठकले नेपाल दलित मुक्ति मोर्चा दाङको मुखपत्र प्रकाशन गर्नकासंयोजक, सहसंयोजक रहेको प्रकाशन समिति गठन गरिएको छ ।

Facebook Comments