• २१ भाद्र २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नयाँ वर्षको अवसरमा होलेरीमा रक्तदान




होलेरी । नयाँ वर्षको दिन होलेरीमा रक्तदान कार्यक्रम हुने भएको छ । देशभर ब्लड बैंकहरुमा रगत अभाव हुन नदिनका लागि नयाँ वर्ष २०७८ को पावन अवसरमा बैशाख १ गते रोल्पाको होलेरीमा रक्तदान कार्यक्रम हुने भएको हो ।

विश्वभर फैलिएको कोरोना भाइरसले गर्दा अधिकांस अस्पतालहरुमा रगतको अभाव हुन नदिनका लागि इसाइ समाज रुन्टीगढीको आयोजना ,नेपाल रेड्क्रस सोसाइटी होलेरी उपशाखाको समन्वय, नेपाल रेडक्रस सोसाइटी रक्त सन्चार केन्द्र दाङको प्राविधिक सहयोग तथा रुन्टीगढी गाउँपालिका र इसाइ समाजको आर्थिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको रेडक्रस सोसाइटी होलेरी उपशाखाका सभापति लक्षिराम थापाले जानकारी दिए ।

बसन्त ऋतुसँगै आगमन भएको नयाँ वर्ष २०७८ साल वैशाख १ गते होलेरी रोल्पामा रक्त दान हुने कार्यक्रममा इच्छुक रक्तदाताले समयमै सम्पर्क गरी रक्त दान नै जीवन दान हो भन्ने मानविय दायित्व पुरा गर्न सबैलाई सभापति थापाले अनुरोध समेत गरेका छन् ।

Facebook Comments