• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती इञ्जिनियरिङमा संस्था र पेशागत क्षेत्रमा सकारात्मक सोंचसम्बन्धी कार्यशाला




राप्ती इञ्जिनियरिङ कलेजमा कार्यरत शिक्षक तथा कर्मचारीहरुका लागि दुई दिनेसंस्थागत तथा पेशागत क्षेत्रमा सकारात्मक सोंचसम्बन्धी कार्यक्रम घोराही–१०, अमराई फनपार्कमा सम्पन्न भएको छ ।

तालिममा रविन्द्र बस्नेत, बसन्त पुन, भीमसेन गिरी, ई. बाबुराम जोशी, ई. माधव अधिकारी, हेमराज शर्मा, सचिन्द्रकुमार देउ, पुष्करनाथ आधिकारीलगायतले प्रशिक्षण दिनुभएको थियो । तालिममा शिक्षण सिकाई प्रक्रिया, सूचना प्रविधि विषयको सम्भावना, चुनौती र अवसर, सकारात्मक सोचाई, आत्मविश्वास, असलव्यवस्थापकमा हुनुपर्ने गुणहरु र यसको सम्भावना र चुनौती, कार्य योजना, समय तालिका, असल शिक्षकमा हुनुपर्ने उत्तरदायित्यहरु, उत्पेणा, विद्यार्थीहरुको लागि योग शिक्षा, योग शिक्षाको महत्वको बारेमा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राप्ती इञ्जिनियरिङ कलेजका व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक भीमसेन गिरीले शिक्षण सिकाइमा सकारात्मक सोचाई राखेर मात्र संस्था र पेशाको समग्र विकास हुने बताउनुभयो । प्रमुख अतिथि गिरीले शिक्षण शिकाइ प्रक्रियामा शिक्षकको भूमिका, आफूले आर्जन गरेको ज्ञानको व्यवस्थापन र समयअनुसार शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

तालिमका प्रशिक्षक रविन्द्र बस्नेतले शिक्षक समाज निर्माणमा अग्रणी भूमिका निर्वाह गर्ने अग्रस्थानको सदस्य भएकोले समाज रुपान्तरणलाई संगसंगै सधैभरि सकारात्मक सोचाइ राख्नुपर्ने बताउनुभएको थियो । राप्ती इञ्जिनियरिङ कलेजका डाईरेक्टर मधुसुदन बैद्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभाअध्यक्षले शिक्षकले सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको अधिकतम प्रयोग गरी सिकाई प्रक्रियालाई विद्यार्थी केन्द्रितबनाउनु पर्नेमा जोड दिनुभएको भयो ।

Facebook Comments