• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती इञ्जिनियरिङ कलेजमा सकारात्मक सोंचसम्बन्धी कार्याशाला




राप्ती इञ्जिनियरिङ कलेजमा शैक्षिक सत्र २०७७/०७८ मा भर्ना भई ३ वर्षे डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, १८ महिने प्रि–डिप्लो माइन सर्भे इञ्जिनियरिङ, प्रि–डिप्लोमा इन सिभिल इञ्जिनियरिङ प्रि–डिप्लोमाइन इलेक्ट्रिकल इञ्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुको लागि वर्कशप अन पोजेटिभ थिंकिङ इन टिचिङ अर्निङ तालिम सम्पन्न भएको छ ।

तालिममा रविन्द्र बस्नेत, ई. पवनअधिकारी, भीमसेन गिरी, डा. शैलेन्द्र गिरी लगायतले प्रशिक्षण दिनु भएको थियो । तालिममा शिक्षण सिकाई प्रक्रिया, इञ्जिनियरिङ, सुचना प्रविधि विषयको सम्भावना, चुनौती र अवसर, सकारात्मक सोचाई, आत्मविश्वास, सफल विद्यार्थीहरुको लागि योग शिक्षा, योग शिक्षाको महत्वको बारेमा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि स्थानिय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले शिक्षण सिकाइमा सकारात्मक सोचाई राखेर मात्र लक्ष्य प्राप्त गर्न सकिने भन्नुभयो । कार्यकारी निर्देशक डा. गिरीले शिक्षण शिकाई प्रक्रियामा विद्यार्थीका भूमिका, आफुले आर्जन गरेको ज्ञानको व्यवस्थापन र समयअनुसार शिक्षा प्राप्ति विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभयो ।

तालिमका प्रशिक्षक रविन्द्र बस्नेतले कुनै पनि व्यक्तिले हरेक कार्य गर्दा सकारात्मक सोचाइप्रति केन्द्रित भई ज्ञान, सीपको सही प्रयोगले मात्र रोजगारी सृजना गर्न कुनै पनि विद्यार्थीले सधैभरि सकारात्मक सोचाइ राख्नुपर्ने बताउनुभएको थियो ।

राप्ती इञ्जिनियरिङ कलेज व्यवस्थापन समिति अध्यक्ष एंव प्रबन्ध निर्देशक भीमसेन गिरीले तालिमबाट सिकेका ज्ञानको अधिकतम प्रयोग गरी सिकाई प्रक्रियाको क्रममा सधै सकारात्मक भई आफ्नो हरेक गतिविधिको माध्यमबाट मात्र विद्यार्थीहरुको विकास हुने बताउनुभयो ।

Facebook Comments