• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चाैरजहारीमा राष्ट्रपति रनिङ शिल्ड तथा नगर प्रमुख कपको उद्घाटन




डिल्लीबहादुर खत्री / चाैरजहारी

रुकुम पश्चिमकाे चाैरजहारी नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड र नगरप्रमुख कपकाे उद्घाटन गरिएको छ । १३ औ राष्ट्रपति रनिङ शिल्ड तथा चाैथाे नगर प्रमुख कप वडा न.२ स्थित शितल माध्यमिक बिद्यालयमा सुरु भएको छ । शिल्ड तथा नगर प्रमुख कपमा ४१ वटा बिद्यालयकाे सहभागिता रहेको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले पानसमा बत्ती बालेर कार्यक्रमकाे उद्घाटन गर्नुभएको छ । साथै उहाँ २ मिटर राके दाैड पनि दाैडिनु भएको छ ।

कार्यक्रमकाे उद्घाटन गर्दै समन्वय समिति प्रमुख राजकुमार शर्माले रुकुमले विकासको गति लिएको बताउनुभएको छ । उहाँले भन्नुभयो अहिलेका यी पक्की भवन , खेलमैदान , सडक लगायतका पुर्वाधार अाफै भएका हाेइनन हामीले बनाएका हाैँ ।

अझै पनि चाैरजहारीमा ठुलाे खेल सञ्चालन गर्न सक्ने खेलमैदान छैन् त्यसकाे लागि पहल गर्ने उहाँको भनाइ छ । नेकपा माअाेवादी केन्द्रका नेता समेत रहनुभएका शर्माले केपी अाेलिले जनताको ठुलाे बलिदानीबाट अाएका उपलब्धीहरु सिद्धाउन खाेजेकाेले प्रगतिशील शक्तिहरु एक हुनुकाे विकल्प नभएको बताउनुभएको छ ।

प्रमुख बिशाल शर्माकाे अध्यक्षता रहेको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीको सञ्चालन रहेको थियोे भने उप प्रमुख राधा राेका , वडा अध्यक्ष , विभिन्न संघसंस्था प्रमुख तथा प्रतिनिधिकाे अाथित्यता रहेको थियोे । अाजै जनप्रतिनिधि र कर्मचारी बिच भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा कर्मचारी टिम बिजय भएको छ ।

Facebook Comments