• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गर्खानीमा खुल्ला भलिबल प्रतियोगिता




हिक्मत पर्तेल : रुकुम पूर्व पुथा उत्तरगंगा १२ गर्खानीमा खुल्ला महिला पुरुष भलिबल प्रतियोगिता तथा पुरुस्कार बितरण कार्यक्रम सम्पन्न भएकाे छ । शिवरात्रीकाे अवसर पारी श्री दुर्गा अाधारभुत विद्यालयकाे नव निर्मित खेलखुद मैदान उद्घाटनमा श्री दुर्गा अाधारभुत विद्यालयले अायाेजना गरेएकाे प्रतियोगिता फागुन २७ देखि सुरु भइ चैत्र ७ गते सम्पन्न भएकाे हाे ।

प्रतियोगितामा विभिन्न स्थानबाट पुरुष तर्फ ३२ टिम र महिला टर्फ १२ टिमकाे सहभागिता रहेकाेे थियाे । सहभागी टिम मध्यबाट पुरुष तर्फ पुथा उत्तरगंगा १३ बिगुङ A ले प्रथम स्थान हासिल गरि रु३१ हजार सहित सिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्दा अायाेजक टिमले द्वतिय स्थान हासिल गरि रु २१ हजार सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । त्यस्तै पुथा उत्तरगंगा १४ राङ्सीले तृतीत स्थान हासिल गरि रु ११ हजार र सिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेकाे छ भने पुथा उत्तरगंगा ११ उपल्लो सेराले सान्त्वना स्थान हासिल गरेकाे, त्यस्तै महिला तर्फ पुथा उत्तरगंगा १० टक B ले प्रथम स्थान हासिल गरि रु२० हजार र सिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्दा पुथा उत्तरगंगा १३ पदमीले द्वतिय स्थान हासिल गरि रु१४ हजार र सिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेकाे छ । र तृतीय स्थान पुथा उत्तरगंगा ११ ले हासिल गरि रु ८ हजार सिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्दा पुथा उत्तरगंगा १० टक A ले सान्त्वना स्थान हात पारेकाे छ ।

श्री दुर्गा अाधारभुत विद्यालयमा नव निर्मित खेलकुद मैदान निर्माण देश तथा विदेशमा रहने गर्खानीका सपुतहरु र गर्खानीबाट अन्य गाउँमा बिवाह गरेका सुपुत्रीहरुकाे अार्थिक सहयाेग र स्थानिय युवाहरुकाे श्रमदानबाट खेलकुद मैदान निर्माण सम्पन्न भएकाे श्री दुर्गा अाधारभुत विद्यालयका प्रधानाध्यापक विपल पुनले बताउनु भयाे । उहाँले भन्नुभयाे खेलकुद फिल्ड निर्माण तथा मैदान घेराबार गरिएकाे छ ।

पुरुस्कार बितरण कार्यक्रमकाे अध्यक्षता श्री दुर्गा अाधारभुत विद्यालयका अध्यक्ष मन्जित पुनकाे रहेकाे थियाे भने अादिबासी महासँङका सदस्य डिपेन्द्र कुमार छन्त्यालकाे प्रमुख अथित्य र पुथा उत्तरगंगा गाउपालिका १२का वडा सदस्य मालबहादुर पुनकाे विशेष अथिती रहेकाे कार्यक्रम काे सञ्चालन विद्यालयका प्रधानाध्यापक विपल पुनले सञ्चालन गर्नुभएको थियाे ।

Facebook Comments