बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दाङ जिल्ला अन्तर्गत लमही नगरको प्रथम भेला आज लमहिमा सम्पन्न भएको छ।
प्रथम भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथि अ.ने.म.संघ(क्रान्तिकारी) केन्द्रिय सदस्य तथा दाङ जिल्ला संयोजक अशोकाले नेपालमा बैज्ञानिक समाजबादी सत्ता स्थापना गर्न महिलाहरुको व्यापक सहभागिताबिना सम्भब नरहेको जिकिर गर्नुभयो।उहाले एकीकृत जनक्रान्तिले नेपाली उत्पीडित तथा आम श्रमिक महिलाहरुमा एउटा मुक्तीको नया आशा र बिस्वास जगाएको कुरा ब्यक्त गर्नुभयो।बर्तमान समयमा देशका विभिन्न ठाउमा महिला हिंसाका घटनाहरु दिनप्रतिदिन बढिरहेकोले महिला हिंसा,हत्या,बलात्कार जस्ता जघन्य अपराधको निर्मम संघर्ष संगठनले गर्ने उद्घोष गर्नुभयो।
कार्यक्रममा नेकपा राजपुर इन्चार्ज केपि,नेकपा दाङ जिल्ला सल्लाहकार द्वोय मधुसुदन र साउनी चौधरी,दलित मुक्ती मोर्चाका द्वोय सन्देश र भक्त तथा पार्टी एरिया कमिटी सदस्य राजेन्द्र शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो।
भेलामा प्यानल प्रस्ताव एबम बधाई तथा शुभकामना मन्तव्य लमही नगर सेक्रेटरी उज्ज्वलले गर्नुभएको थियो । भेलाले सरिता गिरिको अध्यक्षतामा १३ सदस्यीय नगर कमिटी चयन गरेको छ।सरिता गिरिको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण मिना रोकाले गर्नुभएको थियो
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।