जनपत्रकार संगठन नेपाल दाङ जिल्लाको प्रथम भेला तुलसीपुरमा सम्पन्न भएको छ।
भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा दाङ जिल्ला इन्चार्ज प्रदिप वलिले जनपत्रकार संगठन नेपाल श्रमजीवी हकहित र जनपक्षीय पत्रकारिताको बिकासमा प्रतिबद्ध संगठन भएको बताउनुभयो । उहाँले अहिलेको परिवेशमा पत्रकारिता पेशा आधारभूत मूल्य मान्यता बिपरित रहेको बताउनुभयो ।
भेलामा बिशिस्ट अतिथी जनपत्रकार संगठन नेपाल राष्ट्रिय सम्मेलन आयोजक समिती सचिब जानकी दहितले आस्था,बिचार प्रेस तथा अभिब्यक्ती स्वतन्त्रताको सुनिस्चितताको लागि जुझारु समिती निर्माण गर्न सुझाब दिनुभयो । भेलाले हेमन्तप्रकाश ओलीको संयोजकत्वमा ११ सदस्यीय सम्मेलन आयोजक समिति चयन गरेको छ।
जसको सदस्यमा डिल्लीराज भुसाल, प्रकाश ओली, रमेश चौधरी, शिबराज ओली, खगेन्द्र डाँगी, देबकृष्ण राणा, दिपक बिक, निश्चल डाँगी, शरद पाण्डे र बासुदेब ओली रहेका छन ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।