• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिष्णु आर्टको जीवनमा खुशी खोज्दा विमोचन




कलाकार एवं पत्रकार विष्णु प्रसाद पोख्रेल (विष्णु आर्ट) ले लेख्नुभएको जीवनमा खुशी खोज्दा पुस्तक घोराहीमा विमोचन गरीएको छ ।

आत्रेय गोत्र पानी पोख्रेल समाजका अध्यक्ष टोपाराम पोख्रेलको अध्यक्षता एवं प्रेस काउन्सील नेपालका पुर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ दाङका संस्थापक नारायणप्रशाद शर्माले विमोचन गर्नुभएको थियो ।

सामान्य अवस्था पारगर्दै पुस्तक लेखक सम्म विकास गरेको भन्दै प्रमुख अतिथि शर्माले विष्णु आर्टको स्रहना गर्नुभयो । आमाले भुटेको खाजा गोजीमा हालेर गोठालो हिड्नेले लेख्ने किताव हो । यसमा वास्तविकता छ- शर्माले भन्नुभयो ।

उहाँले कला, साहित्य, पत्रकारीता, पर्यटन, प्रशिक्षण हर क्षेत्रमा अनुभव भएको व्यक्ति आर्टको गतिलो अनुभुति भनेर टिप्पनी गर्नुभयो । परीवार सहित उपस्थित लेखक आर्ट निकै भावुक हुनुभयो ।

स्वर्गिय वुवा ज्योतिप्रसाद र आमा दु्रपतालाई सम्झिएर भक्कानीनुभयो । रोष्टमै रुन थालेपछि केहि बेर हल पनि भावुक बनेकोे थियो । प्रमुख अतिथि ९१ वर्षिय शर्मा तर्फ इंगित गर्दै आफ्नै बुवा सरहका अभिवावक पाएको छु भनेर आर्ट सम्हालीनुभयो ।

Facebook Comments