• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लवलाई रोल्पाबाट सहिदपुत्रको खुला पत्र




कमरेड विप्लव
क्रान्तिकारी लाल सलाम !

प्रिय कमरेड तपाईलाई पत्र लेखिरहँदासम्म आरामै छु र आरामै हुनुहुन्छ भन्ने कामना गर्दछु । देश र जनताको हकहितको लागि आफ्नो ज्यानको प्रवाह नगरी सहादत प्राप्त गर्नुहुने महान सहिदप्रति हार्दिक श्रद्धाञ्जली, बेपत्ता योद्धाहरुको शिघ्र खोजी एबम घाइतेयोद्धाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

कमरेड तपाईको रास्ट्रप्रेम, देशभक्ति भावना र निडरपनले आज नेपालको राजनीतिले फरक मोड लिएको छ । अशान्ति रुचाउने ब्यक्ति भन्नेहरु आज शान्तिप्रेमी भन्न रुचाइरहेछ्न । हिजो तपाईंलगायत प्रचण्डले बाडेका आश्वासन, देखाउने गरेका सपना, क्रान्तिप्रतिको लगानी सबै नक्कली बनाउन खोज्ने प्रचण्डलाई त्यागी भन्थे । बिप्लवलाई नि राजनैतिक भागबन्डा पुगेन, पद पाएनन् र फेरि खोक्रो क्रान्तिका सपना बाढ्दै छन् भन्थे । तर। सौभाग्य भन्नुपर्छ, तपाईले त्यसरी सोझासाझा आम नागरिकलाई आफ्नो स्वार्थको निम्ति प्रयोग गर्नु भएन ।

तपाईंले राजनीति कहिले र कसरी सुरु गर्नुभो, त्यो अहिले सोध्न र चर्चा गर्ने उत्साह ममा छैन । म त्यति बिज्ञ र राजनीतिक बिश्लेषक पनि हैन, जसले तपाईलाई सुझाव दिन सकोस् । तर पनि म सहिदको सन्तति, रोल्पाली र सहिद परिवार भएकोले जनयुद्धलाई नजिकबाट नियाल्ने अबसर पाएकोले हिजोका हाम्रा अधुरा सपनाहरु अब पूरा हुन्छन् भन्ने आसा लिएका छौं ।

एउटा सुन्दर देश, जहाँ नारीहरू दोस्रो दर्जाको नागरिक भयर बाच्नु पर्दैन । जहाँ हाम्री दिदिबहिनीहरू छोरीचेलीहरू भारतलगायतका अन्य दोस्रो मूलुकमा दासीको रूपमा बेचिनुपर्दैन ।

जहाँ सूकुम्बासीले त्रिपाल टाँगेर चिसो हुरी बतासमा कहालीलाग्दो जीवन बाच्नुपर्दैन । जहाँ नेपालका युवा खाडी मुलूकमा नोकर चाकर रदासको जीवन बाच्नु पर्दैन । जून ब्यबस्थामा कोही नेपाली भोकै हुदैन, जहाँ सबै नेपालीलाई गाँस , वास कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र स्वतन्त्र जीवन मिल्नेछ ।

जहाँ, गरिब र धनीले लिने शिक्षामा अन्तर हुनेछैन । त्यस्तो ब्यबस्था सिर्जना गर्ने उदेश्यका साथ २०५२ फाल्गुन १ गते नेपालमा पनि तत्कालीन माओबादीले क।प्रचण्डको नेतृत्वमा जनयुद्ध शुरु गरेको थियो । तर आज सहिदको सपनालाई १० लाखमा साट्ने, देशका नदिनाला बेच्ने , व्यक्तिगत स्वार्थमा तल्लीन हुने, जनबादी शिक्षा ल्याउछौ भन्ने बहाना र लुकिछिपिको खेललाई सहन नसकिने रहेछ ।

हिजो क्रान्ति भन्दै देश बनाउछु भन्दै आफ्नो ज्यानको प्रवाहह नगर्ने ती महान सपुतहरुलाई आज राष्ट्रिय सहिद घोषणा गरिएको छैन । हिजोको जनयुद्ध कुनै पार्टी बनाउन नभै रास्ट्र बनाउन गरिएको थियो । त्योभन्दा बढी जनताको जीवनस्तर फेर्न गरिएको थियो । त्यसकारण पनि सहिदहरु पार्टी विशेष हुदैनन् , देशभक्त हुन्छन् । अस्ति मात्रै तपाईंले नेपाल सरकारका प्रम केपी ओलीसँग हस्ताक्षर गर्दा केपीले झापा आन्दोलनमा मारिने व्यक्तिलाई सम्झे तर जनयुद्धका सहिद सम्झेनन् ।

हामीलाई त नेपाल सरकारले द्वन्द्व प्रभावित भन्छ भने सोच्नुस्, हामी कति पीडित छौं। उहाँले सहिदसम्म नभन्दा हाम्रो मन कति खिन्न भयो होला तर पनि हामी सहिद परिवार हौं ।

हामी यसर्थ खुशी छौं कि वार्तामा जानुपूर्व तपाइँले सहिद आमालाई भेट्नुभयो । सरकारले हेलिकप्टर पठाउदा इन्कार गर्नु भयो र सुरक्षागार्ड पनि राख्न मान्नु भएन । त्यसैले हाम्रो तपाइँप्रति विश्वास छ कमरेड, यसलाई सधै आत्मसात गर्नुहोला । कमरेड, हामी द्वन्द्वपीडित वा प्रभावित होइनौं, सहिद परिवार हौं ।
हाम्रो प्रचण्डसँग यहीनेर गुनासो हो सत्तामा गएपछि हामीलाई बिर्से । कमरेड विप्लव, तपाइँ पनि त्यस्तै नहुनुहोला ।

तपाइलाई तपाईं बन्न सक्ने, बनाउने तपाइकै नेपाली मजदुर किसान बिद्यार्थीहरु विभिन्न सहरहरुमा साँझ परेपछि मन अमिलो बनाउदै भोलिको प्रतिक्षा गर्ने बाहेक अरु बिकल्प सोच्नै सकिरहेका छैनन् ।

अब यिनै आशाहरु पनि लामो समय टिक्न सक्ने अवस्था छैन । तपाइँहरु शान्ति प्रक्रियामा आएपछि धेरैको बुझाइ के छ भने अब विप्लवहरु पनि चुनाव लड्नेछन् र सरकारमा जानेछन् । चुनाव मात्रै जित्नु ठूलो कुरा रहेनछ कमरेड, चुनाव पछि पनि जनताको मन जित्नु ठूलो कुरा रहेछ । एकपटक तपाईं आफै आत्मासमीक्षा गर्नुहोस् कि हिजोका दिनमा प्रचण्ड भनेपछि मरिहत्ते गर्ने दुखी गरीब, सहिद परिवार, बेपत्ता परिवार, घाइते जन, ज्यालामजदूरी गरी खाने मजदूर, दलित र गरीब वर्गको किन परिवर्तन भएन ? आज उनीहरु किन प्रचण्डसँग रुष्ट छन् ? ताक परे पूँजीपति, नपरे गरीब भन्ने प्रचण्डको ब्यवहार अब जनताले बुझिसके तर जनता अझै अलमलमा छन् कि विप्लव प्रचण्डभन्दा कति फरक छन् ?

यति बुझिदिनुहोला कमरेड नाममा प्रचण्ड होस् कि विप्लव जनताका लागि फरक पर्दैन तर तपाइँ पनि फेरि प्रचण्डजस्तै वर्ग बिर्सने कित्तामा उभिनु भो भने तपाइँलाई पनि जनताले सम्झिरहनुपर्छ भन्ने केही छैन । तपाइँ कुन कित्तामा अब यहाँको ब्यवहार साँच्चिकै परीक्षणमा छ कमरेड, हामी निरन्तर त्यही परीक्षाको नतिजा कुरिरहेका छौं ।

Facebook Comments