• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
फुर्सेखाली रनिङ शील्ड बडहरा क्लबलाई




दाङको घोराहीमा साताब्यापीरुपमा चलेको प्रथम फुर्सेखाली फूटबल रनिङ शील्ड २०७७ को बडहरा युवा क्बलले प्राप्त गरेको छ ।

शनिवार घोराही १८ स्थित नवलपुर खेल मैदानमा भएको खेडमा बबई फूटबल एकेडेमीलाई ४–१ गोलले हराउँदै बडहरा युवा क्लब घोराही १३ प्रथम भएको हो । प्रथम हुने सो क्लबले शील्डसहित ५५ हजार पुरस्कार पनि जितेको छ । दोस्रो स्थान हात पार्ने बबई फूटबल एकेडमी बबईले २५ हजार पुरस्कार प्राप्त गरेको छ ।

शनिवार नवलपुर खेलमैदानमा निकै प्रतिष्पर्धारुपमा खेल भएको थियो । खेल हेर्न ठूलो संख्यामा दर्शकको उपस्थिति रहेको थियो ।

योसँगै फागुन २२ गतेदेखि जारी फुर्सेखाली फूटबल रनिङ शील्ड सकिएको छ । खेल समापन गर्दै निर्माणी ब्यवसायी महासंघका लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र रानाले खेलकूदको विकास राष्ट्रको विकास भएकाले सबै लाग्नुपर्ने बताउनुभयो । नवलपुरमा जिल्लास्तरीय खेलकूद हुन थालेकोमा खुशी व्यक्त गर्दै उहाँले यसलाई खेल नगरीको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

फुर्सेखाली युवा क्लबका अध्यक्षका नोख घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका १८ का सदस्य कृष्ण जीएमलगायतले शुभकामना दिनुभएको थियो । खेलमा मुख्य प्रायोजक पवन बुढालगायतले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सुरश बुढा मगरले गर्नुभएको थियो । खेल निकै अनुशासितरुपमा सम्पन्न भएको थियो । १८ टोलीले भाग लिएको खेलमा ७९ गोल भएको थियो ।

Facebook Comments