• ३० बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रसुवामा नेकपा कार्यालय हटाएर माओवादी केन्द्रको कार्यालय




माओवादी केन्द्र र एमालेबिच भएको एकता पछिको नेकपालाई पुर्ववत अवस्थामै रहेको फैसला गरेपछि माओवादी केन्द्र रसुवाले पनि नेपाल कम्युनिस्ट पार्टी कार्यालय हटाएर नेकपा (माओवादी केन्द्र)सम्पर्क कार्यालय राखेको छ ।

सम्पर्क कार्यालय उदघाटन गर्दै माओवादी केन्द्रका रसुवा जिल्ला अध्यक्ष इन्द्र गौतम(जगतजङ्ग) ले सर्वोच्च अदालतको निर्णय नेकपामाथिको कानुनी कु भएको बताउनु भयो । नेकपा मेरो हो भनेर मात्रै माग दावि भएको थियो, नाम फेर्नु भन्ने आदेश दिनुपर्ने सर्वोच्च अदालतले नाम मात्रै नभएर पुर्ववत अवस्थामै नेकपा एमाले र माओवादी रहने छन् भनेर अनावश्यक निर्णय गर्‍यो अध्यक्ष गौतमले भन्नु भयो ।

अनावश्यक निर्णय राजनीतिक पुर्वाग्रह र कम्युनिष्ठ आन्दोलनलाई विघटनतिर लैजाने र जनताको इच्छा आकांक्षामाथि कुठाराघात गर्ने निर्णय भएको उहाँको टिप्पणी थियो।

अदालतको निर्णयलाई असहमती जनाउदै कानुनी हिसाबले न्यायिक पुनरावलोकनमा जाने कानुनी संघर्ष जारी राख्दै त्यो समयसम्मका लागि पुर्व एमाले जति एमालेमै फर्कने र माओवादी जति माओवादी केन्द्रमै फर्कने निर्णय अनुसार छुट्टै कार्यालय स्थपना गरिएको माओवादी केन्द्रले जनाएको छ ।

सर्वोच्चको निर्णयले कानुनी हिसाबले हामी २ वटा पार्टी कार्यलयमा भएपनि राजनीतिक हिसाबले हिजो जहा थियौ हामी त्यहि छौ, सर्वोच्च अदालतको निर्णय मान्ने तर असहमती जाहेर गर्छौ भन्नु भयो । केहिमहिना भित्रै पुन पार्टी एकता हुने उहाँले विश्वास व्यक्त गर्नु भयो । फुट अहिलेको आवश्यकता नभएको उहाँको भनाई थियो ।

Facebook Comments