• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती साहित्य परिषदमा गजल सङ्ग्रहको समीक्षा




राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे अायाेजनामा आज घोराहीमा गजलकार हरिप्रसाद पाैडेल ‘स्वर्णशिखा’ द्वारा रचित ‘सय थुँङ्गा’ नामक गजलसङ्ग्रहकाे समीक्षा कार्यक्रम भयो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकोटाकाे अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभा सदस्य डा.गाेविन्द आचार्यकाे‌ प्रमुख आतिथ्य एवम् राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा सन्चालित कार्यक्रममा उक्त गजलसङ्ग्रहकाे समीक्षा गीत/गजलकार प्रवल विष्टले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा. गाेविन्द आचार्य, विशिष्ट अतिथि पुरुषोत्तम खनाल, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्याैपाने लगायतले शुभेच्छा प्रकट गर्नुभएकाे थियो भने उक्त पुरस्कका लेखक हरिप्रसाद पाैडेल ‘स्वर्णशिखा’ले उक्त कृति प्रकाशनका सन्दर्भमा बाेल्नुका साथै सबैलाई धन्यवाद प्रकट गर्नुभएको थियो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष नगेन्द्र गुरुकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण सचिव शारदा शर्माले गर्नुभएको थियो ।

Facebook Comments