नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको रुकुम पश्चिम चौरजहारी नगरपालिकामा पनि उद्घाटन गरिएको छ । आज वडा नम्बर २ को त्रिवेणीमा कार्यालय उद्घाटन गरिएको छ ।
एकतामै हुँदा नेकपाको कार्यालय भएको घरमा माओवादी केन्द्रको कार्यालय स्थापना गरिएको हो । कार्यालय उद्घाटनमा पार्टी एकताकै टिम देखिएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकतामा हुँदा खेरीका इन्चार्ज पुष्प वादी , अध्यक्ष श्रीकृष्ण शर्मा र सचिव बिरबहादुर राना रहने बताइएको छ ।
वादी र शर्मा माओवादी केन्द्रका हुन् भने राना एमालेका हुन् । कार्यालय उद्घाटनमा बोल्दै नेता बिशाल शर्माले सर्वहारा वर्गमा कम्युनिस्ट एकताले जुन किसिमको उत्साह भएको थियो , केपी शर्मा ओलीका कारणले पार्टी सुदृढीकरण हुन नसकेको कारण अन्ततः पार्टी विभाजनमा पुगेको बताउनुभयो ।
नगर पार्टी सचिव बिरबहादुर रानाले एकताको मन्चमा उभिएर बोल्नु र यो कार्यक्रममा बोल्नुमा कुनै फरक नभएको बताउनुभयो । उहाँले कम्युनिस्टहरुको एकता अहिलेको आवश्यकता भएकाले आफूहरु एकताकै पक्षमा उभिएको बताउनुभयो ।
‘नगरपालिकामा पार्टी एकताको सम्पूर्ण टिम एकै ठाउँमा रहेका छौँ’ सचिव रानाले भन्नुभयो– ‘ढिलोचाँडो यो क्रम देशैभरि रहन्छ किनकि जनस्तरमा एकता चाहनेहरु धेरै छन् ।यसले चौरजहारीमा कम्युनिस्टहरु
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।