• २३ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राजपुर गाउँपालिकाको नाम बेला–राजपुर र केन्द्र जंग्रहवामा राख्न माओवादी केन्द्रको प्रस्ताव




नेकपा माओवादी केन्द्र राजपुर गाउँपालिका कमिटीले राजपुर गाउँपालिकाको नाम संशोधन गरी बेला–बेला राजपुर राख्न प्रस्ताव अघि सारेको छ ।

पार्टी गाउँपालिका समिति र गाउँपालिमा निर्वाचित वडा अध्यक्षहरुसहितको बैठकले यो प्रस्ताव अघि सारेको हो ।

यसअघिका बेला र राजपुर गाविस मिलेर राजपुर गाउँपालिका बने पनि राजपुर मात्रै राख्दा बेला क्षेत्रको भावना समेट्न समस्या भएकाले दुबै साविक गाविसको नाम जोडेर बेला–राजपुर प्रस्ताव गर्ने निर्णय गरिएको माओवादी केन्द्र राजपुरका अध्यक्ष चक्रबहादुर खड्का ‘शिखर’ले जानकारी दिनुभयो ।

यसका लागि गाउँपालिकाबाट पारित गरेर संशोधनका लागि प्रदेशहुँदै संघमा पठाउनुपर्ने छ । गाउँपालिकामा संशोधन प्रस्ताव पेश गरेर पारितका लागि पहल गर्ने जिम्मा वडाध्यक्षहरुलाई दिएको छ ।

त्यस्तै पालिकाको केन्द्र पनि जंग्रहवामा बनाउने प्रस्ताव माओवादी केन्द्रले अघि सारेको छ । हाल पालिका केन्द्र रहेको गंगदी सिंगो गाउँपालिकाको पायक पर्ने स्थानमा नरहेको गुनासो आइरहेकाले पायक पर्ने स्थान सार्न प्रस्ताव गरिएको माओवादी केन्द्र राजपुरका अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

पचास बर्षपछिसम्मको विकास निर्माणको अवस्था, पूर्वपश्चिम हुलाकी सडक, उत्तरदक्षिण सडक, खंग्रा नाकालाई भन्सारको रुपमा स्थापित गर्न सकिने संभावना, महेन्द्र राजमार्गसँग जोडिने पक्की पुल, जनाधार र जनमत आदिको अवस्था मध्यनजगर गरी जंग्रहवाको पछाडिको जंग्रहवा–खंग्रा सीमा पहुँच सडकको पूर्व खेलमैदानको पश्चिमतर्फको जग्गामा पालिका केन्द्र सार्न प्रस्ताव गरिएको उहाँले जानकारनुभयो ।

साथै बैठकले हाल पालिका केन्द्र रहेको गंगदीमा १५ बेडको अस्पताल सञ्चालनका लागि गाउँपालिकामा प्रस्ताव लगेर पारित गराउन पहल गर्ने निर्णय पनि गरेको छ ।
अध्य खड्काको अध्यक्षता एवं केन्द्रीय सदस्य इन्द्रजीत थारुको प्रमुख आतिथ्यमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

Facebook Comments