• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भारतीय कवि अल्का सिन्हाका अनुदित कविताहरु




चिरन्जीवी

खबर सुनें छिमेकीको घरमा छोरी भई

यसको बाबजुद पनि कि
डाक्टरले ठीक तेस्रो महिनामा
दिइसकेका थिए छोरी भएको ठीक–ठीक जानकारी

हैरानीले भरिएका छन् बाबु
उनी त सूचन पाउनेबित्तिकै
लिएर आएका थिए जरुरी औषधि र जडी–बुटीहरु

काकी पनि कसम खाएर भन्छिन्
समय छँदै उनले
गरिसकेकी थिइन हरसम्भव उपाय

हजुरआमा र बाजे त साँक्षी छन्
कि बच्चीले जन्म लिनेबित्तिकै
धाई आमाले चटाइदिएकी थिइन उसलाई ढिकोभरि नून

आश्चर्य !
तमाम सतर्कताको बाबजुद
छिमेकीको घरमा छोरी भई ।

उता अध्यारो कोठामा बन्द भएकी आमा
आश्वास्तीले थप्काइरहेकी छ
आफ्नो अस्त्विको बित्ताभर जिवित प्रमाणलाई
जो यति भएर पनि मरिन
धरतीमा आएरै छोडी
उसले पाउनेछ उमेर पनि
र बनाउनेछ पहिचान ।

जिन्दगीको च्यादर

जिन्दगी जिएँ मैले
यति सावधान भएर
जस्तो कि नींदमा पनि सजग
बढ्दो उमेरकी केटी
कि उसको गोडाहरुबाट
च्यादर नउघ्रियोस् ।

अन्तिम साससम्म

ग्राहकलाई कपडा दिनुभन्दा
ठीक पहिलेसम्म
कुनै सिलाई कुनै बटन
जोडिरहन्छ दर्जी ।

परीक्षकले पुस्तिका खोस्नुभन्दा
पहिलेसम्म
सही, गलत केहि न केहि
लेखिरहन्छ परीक्षार्थी ।

अन्तिम सास जाँदासम्म
चुक–अचूक निशान लगाएर
लडिरहन्छ सिपाही
कसैले गुमाउँदैन हतियार
कसैले गुमाउँदैन आसन
अन्तिम सास सम्म ।
अनुवादः प्रमोद धिताल

Facebook Comments