घोराही १७ स्थित चौघेरामा लागेको पीरफिरे मेलामा गुणस्तरहीन बस्तु बिक्री गर्नेहरुलाई नियन्त्रणमा लिइएको छ ।
घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख श्रीधर अधिकारी, दाङ जिल्ला उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्की, संघका सदस्यहरु माधव खनाल र विकास ओली तथा नगर प्रहरीले उक्त सामाग्री र विक्री गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।
यसरी अन्य स्थानमा पनि गैरकानूनी र गुणस्तरहीन बस्तु बिक्री गरेकोमा पाइएको नियन्त्रणमा लिइने दाङ उद्योग वाणिज्य संघका सदस्य विकास ओलीले जानकारी दिनुभयो । गुणस्तरीय सामग्री बिक्री गर्न रोक लगाएर सामग्री फिर्ता गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।