• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मोफसलबाट जनस्वास्थ्य संघ अध्यक्षलाई खुला पत्र




आदरणीय श्रीकृष्ण भट्ट
(अध्यक्ष, नेपाल जनस्वास्थ्य संघ,नेफा)सर नमस्कार

कर्णालीको दुर दराजमा कार्यरत एक जनस्वास्थ्यकर्मी नेफाको हालसम्मको योगदान, आगामी चुनाब र जनस्वास्थ्यको बिषयमा प्रश्न सहित केही शव्दहरु राख्ने अनुमति चाहन्छु।

बिगत दुई बर्षदेखि हजुर अध्यक्ष पदमा आसिन भईरहदा जनस्वास्थ्य संघ ले कति प्रगति गर्यो ?? वैदेशिक अध्ययनपछि फर्किएका जनस्वास्थ्यकर्मीहरुको equivalent को समस्या के भयो??कति विषयमा बहस पैरवी गर्यो ?? कति उत्पादित जनशक्तिलाई रोजगारीको सृजना गर्यो ??? कति जनस्वास्थ्य कर्मीहरूको हकहितमा आवाज बुलन्द गर्यो?? लोकसेवा आयोगमा कति पदहरु सृजना भए या पदपूर्ति भयो? घोषणा पत्र अनुसार कति काम भए या गरियो ??? सायद दुरदराजमा कार्यरत भएकोले होला खासै ज्ञान भएन या केही गर्नै सक्नुभएन यो बहसको विषय बनेको छ।

हजारौं जनस्वास्थ्यकर्मीहरू बेरोजगार छन उत्पादित जनशक्ति र खपत जनशक्ति बिचको गहिरो खाडल यथावत छ । केही I/NGO बाहेक रोजगारीको अवसर कहिँ देखिदैन या पाइदैन यस्तो भइरहदा कयौं जनस्वास्थ्यकर्मीहरू फ्रस्टेसनको शिकार भईरहेका छन र जनस्वास्थ्य विषयको भविष्य अन्योल जस्तै भएको छ। कैंयौ जिल्लाहरु एवं पालिकाहरुमा जनस्वास्थ्यको दरबन्दी हुँदा हुँदै जनस्वास्थ्यकर्मीहरू छैनन र पदपूर्तिको भएको छैन ।

लोकसेवा आयोगद्वारा किन र के कारणले गर्दा जनस्वास्थ्यकर्मीहरू मागिदैनन या खुलाइदैनन यो गम्भीर प्रश्न हाम्रो अगाडी छ। देशमा अध्यापन गराउने पर्याप्त शैक्षिक संस्था नहुँदा हजारौं जनस्वास्थ्यकर्मीहरू वैदेशिक अध्ययनमा जान बाध्य छ्न तर केही नियती या शैक्षिक माफियाको कारण वैदेशिक अध्ययनपछि equivalent मा समस्या उत्पन्न भएको छ। हजारौ जनस्वास्थ्यकर्मीहरू अन्योलमा छ्न तर समाधान कहिले हुने केही टुंगो लागेको छैन।

जनस्वास्थ्यको क्षेत्र साघुरिदै गईरहेको अहिलेको अबस्थामा गैर जनस्वास्थ्यकर्मिहरुको जनस्वास्थ्य क्षेत्रमा प्रवेश एबम रोजगार पनि समस्याकै विषय बनेको छ यसको न्यूनीकरण एबम रोकथामको प्रयास अहिलेसम्म जनस्वास्थ्य संघले कहि कतैबाट गरेको देखिदैन । आफ्नै दक्ष जनस्वास्थ्यकर्मिहरु बेरोजगार भइरहेको अबस्थामा गैर जनस्वास्थ्य कर्मिहरुको प्रवेशमा रोक लगाउन नसक्नु लज्जास्पद र हास्यास्पद हो।

NHPC द्वारा न्यूनतम मापदण्ड लागू गर्ने भन्ने करिब दुई बर्ष अगाडि नै खबर आएतापनि हालसम्म केही शैक्षिक दलाल एवं माफियाको कारण लागू हुन सकिरहेको छैन आखिर कहिलेदेखि लागू हुने यो पनि अन्योल छ।

बिश्वनै कोभिड -19 ले आक्रान्त भइरहेको बेला जनस्वास्थ्य संघ कानमा तेल हाली अझ उल्टै First National Health conference त्यो पनि भर्चुअल गरि लाखौ रुपैया हिनामिना भएको हल्ला सुनिरहदा कहिले काहीँ नेतृत्व प्रती आक्रोश पलाउनु स्वभाबिक हो। हालसम्मको जनस्वास्थ्य संघको नेतृत्वले खासै केही उल्लेखनीय प्रगति एबम नतिजा निकाल्न नसकेको कारण अब पनि हामिले केही सोचेनौ भने या strategically जान सकेनौ भने अबको नेतृत्वपनि कानै चिरेका आउने कुरामा कुनै दुई मत छैन।

जनस्वास्थ्य संघले अर्को निर्वाचनको मिति घोषणा गरिरहदा र निर्वाचन कमिटी गठन गरिरहदा अनि पटक पटक निर्वाचन मिति सारिरहदा त्यस्तै गरि नया सदस्य हुनबाट रोकिरहदा म जस्तै दुर्गम क्षेत्रमा या दुर दराजमा कार्यरत जनस्वास्थ्यकर्मीहरुक़ो मनमा चस्को पस्नु स्वभाबिक होला तर निर्वाचनमा गयो रमिता गर्यो एउटा राजनैतिक संगठनको नेतृत्वलाई बिजय गरायो लाखौं रुपैया खर्च र पुरानै कछुवा शैलीको/ निकम्मा नेतृत्व अनि पेशागत हकहित भन्दा आफ्नो ब्यक्तिगत हकहित को लागि मात्र र कामको लागि मात्र भन्दा पदको लागि मात्र निर्बाचित भयो ,यो उपलब्धी बिहिन यात्रा आखिर कहिलेसम्म ??यो गम्भीर प्रश्न अगाडी खडा भएको छ।

निर्वाचनको हल्ला भईरहदा यो उपलब्धि बिहीन यात्रा भन्दा दलीय भागबन्डा बाट माथि उठि सहमतिमा कुशल एवं केही गर्छु भन्ने इच्छुक र इच्छाशक्ति भएका दक्ष जनस्वास्थ्यकर्मीहरूलाई नेतृत्व हस्तान्तरणको गरि सहमतिय नेतृत्वलाई पुस्ता हस्तान्तरणको निम्ति हजुरको कार्यकालमा अन्तमा निर्णायक भूमिका रहनेछ भन्ने आशा एबम बिश्वास ब्यक्त गर्न चाहान्छु यदि त्यसो नभएको खण्डमा जनस्वास्थ्यकर्मीहरूले अर्को निर्णय गर्न या सोच्न बाध्य हुनेछन् ।
जय जनस्वास्थ्य ।

Facebook Comments