घोराहीमा देखिएको रगतको अभाबलाई मध्यनजर गर्दै अनेरास्ववियू घोराही नगर कमिटीको आयोजनामा आपतकालिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
अनेरास्ववियू घोराही नगर कमिटिका अध्यक्ष हिमाल महराको अध्यक्षता एबम अनेरास्ववियूका केन्द्रिय सदस्य सन्तोश पोख्रेलको प्रमुक आतिथ्यतामा भएको कार्यक्रममा १४ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्ने हरुमा गिरबहादुर महरा , निस्चल केसि , हिमाल महरा , नवीन श्रेष्ठ , लेनिन आचार्य , माया आचार्य , सन्दिप जिएम , राजेस खनाल, भुबन पुन , आकास बिस्वकर्मा , सन्तोश दाहाल , अन्कित गुप्ता, अशोक भुसाल , बिपुल भन्डारी रहनु भएको अनेरास्ववियू घोराही नगर कमिटिका अध्यक्ष हिमाल महरा ले जानकारी दिनु भयको छ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।